देशभरिका सरकारी खाता रोक्का

काठमाडौ, असार २५ । देशभरका सरकारी खाता रोक्का भएको छ । महालेखा नियन्त्रकको कार्यालयले आइतबार राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो ।

महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको हो ।

महालेखाका अनुसार आइतबार रातिदेखि कुनै पनि रकम भुक्तानी लिन पाइने छैन । प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी गर्न मिल्ने छैन । आर्थिक कार्यविभि तथा वित्तिय उत्रदायित्व नियमावली २०७७ को नियम ३०मा गरिएको व्यवस्था अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा एक हप्ता अगाडी भुक्तानी निकासा बन्द गर्नुपर्ने नियमअनुसार सो गरिएको हो ।एक साता पछि भने कारोबार सुचारु हुनेछ ।

महालेखाको यो निर्णयले भने कैयौं स्थानीय तहमा भुक्तानीको काममा अवरोध आएको थाहा भएको छ । सर्भरहरूले काम नगरेको स्थानीय तहको भुक्तानीको काम त्यसै रहन गएको छ ।यसले कैयौं सेवा ग्राहीलाई मर्का परेको छ ।

राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक आज साटिन सकिने भएपनि कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न भने पाइने छैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित