काठमाडौं, १ चैत्र । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा आज काठमाडौंमा सहकारी पीडितहरूले जुलुस प्रदर्शन गरेका छन् । दिउँसो साढे १२ बजे सिफलबाट सुरु भएको जुलुस कालोपुल, ज्ञानेश्वर ,डिल्लिबजार, पुतलीसडक हुँदै भृकुटीमण्डप पुगी सभामा परिणत हुने आयोजकहरूले बताएका छन् ।
सयौं सहकारी पीडितहरुले , सरकार न्याय दे ,हाम्रो बचत फिर्ता गर , सहकारीको पाराले दुख पाए साराले लगायतका नारा लगाएका छन् ।राजधानीको विभिन्न पाँच स्थानबाट सहकारी पीडितहरु प्रर्दशनमा उत्रिएका छन् । देशमा सहकारी पीडित ,मिटरव्याज पीडित लघुवित्त पीडितहरु निरन्तर रुपमा आन्दोलनरत रहेका छन् ।
Comments