निरन्तर नाफामा नेपाल विद्युत प्राधिकरण

२५ साउन, काठमाडौं ।नेपाल विद्युत् प्राधिकरण निरन्तर नाफामा गैरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।प्राधिकरणले गरेका उपलब्धिहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिईएको हो । शुक्रबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको अवसर पारी प्राधिकरणले गरेका उपलब्धिहरू सार्वजनिक गर्दै सो कुराको जानकारी दिईएको हो ।८ वर्ष अगाडि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको उनले जानकारी दिए ।गत आर्थिक वर्ष २०८० र ८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । ग्राहकहरुको महसुल नबढाईकन प्राधिकरण नाफामा पुग्न सफल भएको पत्रकार सम्मेलनमा घिसिङले सुनाए ।प्राधिकरणका हाल ग्राहक ५९लाख रहेको भन्दै २२लाख ग्राहकले न्यूनतम शुल्क ३० रुपियामात्र कायम गरिएको जानकारी पनि उनले दिए ।
खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियत दिइएको समेत उनको भनाइ छ ।विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको उनले बताए ।
यतिले मात्र खुशी हुनु पर्ने अवस्था रहेको छैन ।विद्युत उत्पादन र सहुलियतपूर्ण वितरणमा नेपाल विद्युत प्राधिकरणले अझै ध्यान दिनु जरुरी छ । नेपालमा अरबौंको पेट्रोलियम पदार्थको आयात भैरहेको छ ।खान पकाउने ग्यासदेदि लिएर डिजेल ,पेट्रोलको आयातलाई विस्थापन गर्न जरुरी छ । विद्युतको उत्पादन तथा सहुलियतपूर्ण वितरण नै आयातलाई विस्थापन गर्न सक्नेछ । त्यतातिर सबैले ध्यान दिन जरुरी छ ।तर दीर्घकालीन सोचाईको अभावमा यो हुन सम्भव छैन । विगतमा घाटामा पुगेको प्राधिकरणलाई फेरी घाटामा पु¥याउन कुनै समय लाग्ने छैन । नाफा भैरहेको रकमले थप विद्युत उत्पादनमा ध्यान दिनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित