सरकारी उद्योग र सस्थान घाटामा जानु हुँदैन ःप्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरू घाटामा जान नहुने बताएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा सो धारणा राखेका हुन् । प्रधानमन्मन्त्रीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण तयार भइसकेकाले अब मुलुक औद्योगिकीकरणमा केन्द्रित हुनु पर्ने धारणा राखेका हुन् ।प्रधानमन्त्रीले देशमा रोजगार सिर्जना गर्नेखालको उद्योग कलकारखाना चलाउन र देशमा प्राकृतिक रुपमा रहेका खानीहरु उत्खनन् गर्नलाग्नु पर्ने पनि बताएका छन् । आयातलाई विस्थापन गर्ने गरी उत्पादनको क्षेत्रमा लाग्नु पर्ने भन्दै सरकारले सञ्चालन गर्ने उद्योग संस्थानहरु घाटामा जान नहुने भनाई राखेका छन् ।
देशमा सरकारको मातहतमा रहेका उद्योग संस्थानहरु डुब्दै गएका छन् ।साथै कुनै कुनै संस्थानहरु ऋणमा चलेका छन् । लगातार रुपमानाफा आउने संस्थानहरु भएपनि ऋणको भारमा चलिरहेका छन् ।सरकारी उद्योग र संस्थानहरु कहा कसकसले डुबाएका छन् भन्ने कुरामा जनता सचेत हुनु पर्ने छ ।देशमा निजीकरणको बोलवाला रहेको छ ।सरकारी संस्थान तथा उद्योगहरु निरन्तर घाटामा जाने तथा निजीस्तरमा सञ्चालित उद्योगहरु भने निरन्तर रुपमा नाफामा रहिरहने यथार्थ देशको रहेको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित