काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले कार्यानवयन गर्ने निर्णय गरेको छ ।प्रतिवेदन असोज २ गते बसेका मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको हो ।स्वीकृत गरेपछि कार्यान्वयनकोलागि सम्बन्धित मन्त्रालय पठाउने निर्णय पनि गरेको छ ।सहकारी छानविन समितिले गत भदौ ३१ गते प्रतिवेदन संसदमा बुझाएको थियो ,संसदले सरकारलाई पठाएको थियो । समितिले संकटग्रष्त रहेका सहकारीहरुको संचालकहरुको सम्पत्ति रोक्का गरी त्यसैबाट भएपनि अपचलन भएको रकम असुलउपर गरी पीडितहरुको बचत फिर्ता गरिदिनु पर्ने प्रतिवेदन बुझाएको छ । चितवनको साहारा , पोखराको सूर्यदर्शन , बुटवलको सुप्रिम जस्ता सहकारीहरुको व्यापकरुपमा अपचलन भएको ठहर गरेको छ ।संसदीय विशेष समितिले सूर्यदर्शन, सुप्रिम सहरा लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्षसहित पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेसहित जीबी राई, कुमार रम्तेल र र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।सहकारीकोे अपचलन भएको रकम फिर्ताहुनेमा पीडितहरु ढुक्क हुन सक्ने अवस्था छैन ।पीडितहरुको रकम अचल सम्पत्तिबाट भएपनि असुलउपर गर्न सुझाव दिएपनि अपचलनकर्ताहरुको सबै रोक्का गर्न सरकारले सक्छ कि सक्दैन भन्ने छ । यहाँ रात गए अग्राख पलाउँछ भन्नेउखान निकै प्रचलित छ त्यही उखान जस्तै एकै छिनमा कुरा फेरिने र पीडितले रकम फिर्ता नपाउने हो कि भन्ने चिन्ता सर्वत्र रहेको छ ।