मूलप्रवाहको केन्द्रीय प्रशिक्षण कार्यक्रम र बैठक सम्पन्न

हैदराबाद, भारत । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समितिको बैठक तथा प्रशिक्षण कार्यक्रम १५÷१६ अप्रिल २०२२ अर्थात २०७९ बैशाख २ र ३ गते हैदराबादको सिख भिलेजमा अबस्थित कम्युनिटी हलमा सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता मुलप्रवाहका केन्द्रीय अध्यक्ष देब बहादुर लामिछानेले गर्नु भएको थियो ।

कार्यक्रममा अतिथि आशन ग्रहण पछि सहिदहरूको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो । उपस्थित मुलप्रवाहका नेता÷ कार्यकर्ताहरुलाई कार्यक्रममा शब्दबाट केन्द्रीय सदस्य बाबुराम पराजुलीले र गीत÷संगीतबाट रक्तिमले स्वागत गरेका थिए । प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका संयोजक सन्त बहादुर नेपालीले मैनबत्ती प्रज्ज्वलित गरेर गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा “विश्व दृष्टिकोण बारे” प्रमुख अतिथि सन्त बहादुर नेपालीले– “भारतमा संगठनको अबस्था बारे”, मूल प्रवाहका केन्द्रीय सल्लाहकार एवं राजमो केन्द्रीय समन्वय समितिका सदस्य खगेस्वर शर्माले “बिचारको प्रश्न र फरक मतबारे”, मूल प्रवाहका पूर्व महासचिव कमरेड गंगा पौडेलले “पार्टी भित्रको अन्तर विरोधबारे” । सन्त बहादुर नेपालीले “बर्तमान राजनैतिक अबस्था बारे” मूलप्रवाहका केन्द्रीय अध्यक्ष देव बहादुर लामीछानेले प्रशिक्षण दिनु भएको थियो ।

उक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा महत्वपूर्ण बिषयमा प्रश्न उत्तर समेत गरिएको थियो । प्रशिक्षण कार्यक्रममा मुलप्रवाहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थित रहेको थियो । कार्यक्रमको संचालन महेन्द्र बस्यालले गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित