दक्षिण एसियाका विद्यार्थीहरू इज्रायली आक्रमणको विरोधमा

काठमाडौँ । दक्षिण एसियाका विभिन्न विद्यार्थी सङ्गठनहरूले प्यालेस्टाइनी जनतामाथि इजरायली आक्रमणको विरोधगरेका छन् । नेपालको अनेरास्ववियु (छैटौँ) सहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तानका विद्यार्थी सङ्गठनहरूले गत नोभेम्बर ११ मा एक संयुक्त वक्तव्य जारी गर्दै विरोध जनाएका हुन् । विद्यार्थी सङ्गठनहरूको संयुक्त वक्तव्य निम्न अनुसार छ :

“रक्तपिपासु यहुदीवादी इजरायली सरकार प्यालेस्टाइन माथि हस्तक्षेप बन्द गर !
दक्षिण एशियाका विद्यार्थी सङ्गठनहरूको संयुक्त वक्तव्य ।

यहुदी राज्य इजरायलद्वारा प्यालेस्टाइनी जनातामाथि अहिले जाति हत्या भइरहेकोछ । परिणामत: १२ हजार भन्दा धेरै मानिसहरूको मृत्यु भैसकेको छ । जसमा धेरै जसो महिला र केटाकेटीहरू छन् । युद्धस्थलबाट समाचार प्रसारण गरिरहेका पत्रकारहरू पनि उनीहरूको निसानामा परेकाछन् । इजरायलको भयानक नाकाबन्दीका कारण लाखौँ लाख जनता खाना, पानी,विजुली,इन्धनबाट बन्चित भइरहेकाछन । अन्तर्राष्ट्रिय कानुनले यसलाई युद्ध अपराध मान्दछ ।

प्रत्येक दिन अस्पताल, घर, स्कुल, शरणार्थी शिबिर, एम्बुलेन्स माथि वम वर्षा भइरहेकोछ । नेतन्याहुँले नेतृत्व गरिरहेको यहुदीवादी इजरायली सरकारले उसको जातिवादी प्रवृति जारी राखेकोछ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले युद्ध विरामको प्रस्ताव पारित गरेकोछ तर इजरायलले लगाताररूपमा अन्तरास्ट्रिय कानुन उल्लङ्घन गरिरहेकोछ । संयुक्त राज्य अमेरिका, बेलायत र अन्य साम्राज्यवादी शक्तिहरूले आर्थिक सहयोग र हतियार उपलब्ध गराएर इजरायललाई सहयोग गरिरहेका छन् ।

भारत, चीन, रूस र अमेरिका जस्ता देशहरूको भूमिका रहस्यमय छ । तिनीहरूको त्यसप्रकारको भूमिकाले इजरायलको अपराधिक उद्देश्य पूरा गर्न सहयोग गरिरहेको छ । पहिलेको विश्व समाजवादी शिविर भएको भए इजरायललाई यस्तो जघन्य अपराध गर्न त्यति सहज हुने थिएन । दशकौँदेखि इजरायलले प्यालेस्टाइनी जनताहरूलाई दमन गर्दै आएकोछ । पस्चिमा प्रजातान्त्रको सहयोगले त्यो सम्भव भएको हो । यतिबेला गाजालाई विश्वको विशाल खुला कारागारको रुपमा विश्लेषण गर्ने गरिएकोछ, जहाँ २२ लाख प्यालेस्टाइनी जनतालाई बन्धक बनाइएकोछ ।

विद्यार्थी समुदाय प्यालेस्टाइनी जनताको पक्षमा ऐक्यबद्धता प्रकट गर्दछ । विश्वभरिका जनताले इजरायलको पाशविकताको निन्दा गरेका छन् । यो समय भनेको पृथ्वीभरिका शान्तिप्रेमी जनताहरू साम्राज्यवादका बिरुद्धमा एक हुने बेला हो । हामीले तपाईंहरू सबैलाई फासीवादी इजरायली सरकार र तिनीहरूको गठबन्धनको विरुद्धमा तथा प्यालेस्टाइनी जनताहरूको जीवन रक्षाका पक्षमा अगाडि आउन आहृवान गर्दछौँ ।

हामी दक्षिण एशियाभरिका विद्यार्थीहरू तत्काल युद्ध विराम गर्न,इन्धन सहित मानवीय सहायतालाई गाजामा प्रबेश गर्न दिन आहृवान गर्दछौँ । प्यालेस्टाइनी जनतामाथिको जाति हत्या, अमानवीयतालाई समर्थन गर्ने कार्य रोक्न सरकार र संचारमाध्यमहरूलाई आह्वान गर्दछौँ । हामी प्यालेस्टाइन जनताको प्रतिरोध गर्ने, घर फर्कने र स्वतन्त्र हुने अधिकारलाई मान्यता दिन्छौँ ।

वक्तब्य प्रकाशित गर्ने विद्यार्थी सङ्गठनहरू

बंगलादेश
बंगलादेशदेश विद्यार्थी फेडेरेशन,
बंगलादेश विद्यार्थी युनियन,
प्रजातान्त्रिक विद्यार्थी परिषद,
ग्रेटर चिट गङ्गा हिल ट्रयाक्टस हिल विद्यार्थी परिषद्,
गङ्गा क्रान्तिकारी विद्यार्थी एकता, समाजवादी विद्यार्थी मञ्च,

भारत
अखिल भारत लोकतान्त्रिक विद्यार्थी सङ्गठन,
अखिल भारत विद्यार्थी सङ्घ,
अखिल भारत विद्यार्थी फेडेरेशन,
प्रगतिशील विद्यार्थी युनियन,
भारतीय विद्यार्थी फेडेरेशन

नेपाल
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन,
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( छैटौँ ),
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ), प्रतिरोध ।

पाकिस्तान
लोकतान्त्रिक विद्यार्थी फेडेरेशन,
खाल्क विद्यार्थी फेडेरेशन,
राष्ट्रिय विद्यार्थी फेडेरेशन पाकिस्तान ।

श्रीलङ्का
अन्तर विश्वविद्यालय बिख्खुस फेडेरेशन,
अन्तर विश्वविद्यालय विद्यार्थी फेडेरेशन,
क्रान्तिकारी विद्यार्थी युनियन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित