नेपालगन्ज / राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिती बाकेको अध्यक्षमा गुणनिधी आचार्य र सचिबमा शरद लामिछाने निर्वाचित भएका छन । राजमो केन्द्रीय समन्वय समितिका सचिब गौरिलाल कार्कीको उपस्थितिमा २०७९ बैशाख १० गते सम्पन्न जिल्ला भेलाले गुणनिधी आचार्यको अध्यक्षतामा १३ सदस्यीय राजमो बाके जिल्ला समन्वय समिती गठन गरेको हो । अध्यक्ष आचार्यले २०७९ बैशाख १० गते साझ नै एक प्रेस बक्तब्य जारी गर्दै भेलाका महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका छन ।
अध्यक्ष आचार्य द्वारा जारी उक्त बक्तब्यमा अगाडी भनिएको छ – ” आज बाँकेको कोहलपुरमा राष्ट्रिय जनमोर्चा समन्वय समितिको प्रथम भेला सम्पन्न भएको छ । भेलाले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि प्रेस विज्ञप्ति जारी गरिएको छ ।१. भेलाले गुणनिधी आचार्यको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष हरि आचार्य, सचीव सरद लामिछाने, कोषाध्यक्ष कमला खड्का, सहसचिव केशव शाही ( निमेष ), सदस्यहरुमा क्रमशः इश्वर पाण्डे, रमा आचार्य, लोक बहादुर खड्का, चतुर्भुज बुढा, बिरबहादुर थापा र सुमित चौधरी ( सनम ) चयन हुनुभएको छ । दुइ स्थान रिक्त राखिएको छ।
भेला राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितिका सचीव गौरीलाल कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो।२. राष्ट्रिय जनमोर्चाले संसदीय दलदलमा क्रमशः आफुलाई फसाउदै गएको, प्रतिक्रियावादी शक्तिसँग सत्ता एवं चुनावी गठबन्धन गरेको, आफ्नो दक्षिणपन्थी नितिलाई निरन्तरता दिइरहेकोले गत माघ १५ गते कामरेड कृष्णराज पौडेलको नेतृत्वमा राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समिति निर्माण भइ त्यसको समर्थनमा बाँके जिल्लामा समेत राष्ट्रिय जनमोर्चाको पुर्व क्रान्तिकारी स्प्रीडलाई कायम राख्दै राष्ट्रियता, जनतन्त्र एवं जनजिबिकाको सवालमा थप परिणाममुखी संघर्ष अगाडि बढाउन जिल्ला स्तरमा यो समन्वय समिति गठन भएको हो।३. राष्ट्रिय जनमोर्चा समन्वय समिति बाँकेले आगामी दिनहरूमा जनतामाथि भइरहेका शोषण, दमन, अन्याय, अत्याचार, महंगी, भ्रस्टाचार, लुट, बलात्कार लगायत तमाम विकृति एवं विसंगति विरुद्ध संघर्ष गर्नेछ । “