लिफ्ट चुडिँदा चारको मृत्यु, पाँच जना गम्भीर घाइते

नोएडा । ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको चुडिँदा चार जनाको मृत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् ।

ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छ भने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी कारवाही एवं उचित उपचार सुनिश्चित गरिएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

भवन भित्र लिफ्ट जडान भइरहेका बेला त्यो एक्कासी चुडिँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

निर्माणस्थलमा सुरक्षाका उपाय नअपनाउँदा तथा कामदार एवं ठेकेदारले लापवाही गर्दा देशमा दैनिकजसो यस्ता दुर्घटना हुने गरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित