काठमाडौ, १८ मंसिर । भारतीय वायुसेनाकाे ट्रेनर विमान तेलंगानाको डिन्डिगुलमा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ । भारतीय वायुसेनाका अधिकारीका अनुसार बिहान ८.५५ मा वायुसेना एकेडेमीमा दुर्घटना भएको थियो ।
विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का एक वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन् । Pilatus PC7 Mk 2 विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो तर बाटोमा दुर्घटना हुन पुग्यो । विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन् । दमकलले आगो निभाइरहेको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेकाे बताइएको छ ।

