काठमाडौ, १९ मंसिर । थाइल्याण्डमा एउटा बस नियन्त्रण गुमाएर रुखमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् । उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो ।
देशको पश्चिमी प्रान्त प्रचुप खिरी खानमा मध्यराति साढे १२ बजे दुर्घटना भएको हो । उद्धारकर्ताहरूले यात्रुहरूलाई भग्नावशेषबाट बाहिर निकालेको भिडियो भुटेजहरुमा देख्न सिकन्छ ।
दुर्घटनापछि बसको अगाडिको भाग आधा टुक्रा भएको समाचार एजेन्सी रोयटर्सले उद्धृत गरेको छ। ‘दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
Comments

