नाइजेरिया सेनाले ड्रोन आक्रमण गर्दा ८५ सर्वसाधारणको मृत्यु

लागोस, १९ मङ्सिर । नाइजेरिया सेनाले विद्रोही समूहलाई लक्षितगरी प्रहार गरेकाे ड्रोन गल्तिबस आइतवार राति मुस्लिम पर्व मनाउँदै गरेका सर्वसाधारण मानिसहरु बिच खस्दा ८५ जना सर्वसाधारणको मृत्यु भएको  जनाएको छ ।
अहिलेसम्म प्राप्त विवरणअनुसार ८५ वटा शव प्राप्त भएको छ भने, अन्य हराइरहेका मानिसको खोजी जारी रहेको  राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । उत्तरपश्चिमी राज्य कादुनामा अवस्थित टुदुन बिरी गाउँमा आइतवार विद्रोहीलाई निशाना बनाएर गरिएको आक्रमणमा त्यो दुर्घटना हुन पुगेको सेनाले जनाएको छ ।
यसैबीच, एम्नेस्टी इन्टरनेशनलको नाइजेरियाको कार्यालयले यस आक्रमणमा १२० जनाको मृत्यु भएको यस क्षेत्रका आफ्ना कार्यकर्ता र स्वयंसेवकहरूको रिपोर्टलाई उद्धृत गर्दै बताएको छ।
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सैन्य ड्रोन आक्रमणको विस्तृत अनुसन्धान गर्न आह्वान गरेका छन् ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित