रुसमा राष्ट्रपति पदका लागि १६ जनाको उम्मेदवारी

काठमाडाै, ४ पुष । रुसमा २०२४ मा हुने राष्ट्रपतीय चुनावका लागि १६ जनाले उम्मेदावारी दर्ता गराएको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अध्यक्ष एला पाम्फिलोभाले जनाएको द मस्को टाइमले जनाएको छ ।

आगामी निर्वाचनमा भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि सिजलै  निर्वाचित हुने अपेक्षा गरिएको छ । पुटिनले डिसेम्बरमा सैन्य दिग्गजहरूसँगको भेटमा आफू सन् २०२४ को निर्वाचनमा सहभागी हुने कुरा पुष्टि गरेका थिए। सीईसीले रुसी सेनाले आंशिक रूपमा कब्जा गरेको चार युक्रेनी क्षेत्रमा पनि मतदान गर्ने बताएकाे छ ।

मस्कोले वर्षौंदेखि विपक्षी व्यक्तित्वहरूलाई निर्वाचन र राजनीतिक जीवनबाट बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । सन् २०२२ मा क्रेमलिनले रुसी सैनिकलाई युक्रेनमा प्रवेश गर्न आदेश दिएपछि यो कठोर नीति अझ तीव्र भएको छ । कारागारमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीलाई जालसाजीको आरोपमा सन् २०१८ मा निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइएको थियो । उनका सहयोगीहरूले यसलाई राजनीतिकरूपमा प्रेरित भएको बताएका छन् ।

निर्वाचन नियमअनुसार मार्चमा हुने मतदानमा भाग लिनका लागि उम्मेदवारहरूले डिसेम्बर २७ सम्म आवेदन फाइल गरिसक्नु पर्नेछ ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित