माघ १९ काठमाण्डौ । इजरायली सेनाले गिरफ्तार गरेका ११४ जना प्यालेष्टाइनीहरुलाई रिहा गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । इजरायलले जमिनबाट गरेको कारबाहीमा दक्षिणी गाजाबाट गिरफ्तार भएकाहरु रिहा भएका हुन् । गिरफ्तारहरुको स्वास्थ्यअवस्था नाजुक बन्दै गएकाले रिहा गरेको हुनसक्ने बताईएको छ । रिहा भएकाहरुलाई राफामा रहेको नाजर अस्पतालमा भर्ना गरिएको छ ।उनीहरुलाई गिरफ्तारी पछि अज्ञात स्थानमा राखिएको थियो । गिरफ्तारहरुलाई गिरफ्तारीको समयमा शारीरिक तथा मानसिक यातना दिईएको समाचारमा उल्लेख छ ।
Comments

