इजरायलद्वारा दक्षिणी लेवनानमाथि हवाई आक्रमण

फागुन ३ काठमाण्डौ । इजरायलले दक्षिणी लेवनानमाथि हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । आक्रमणमा परी १० जना सर्वसाधारणको मृत्यु भएको छ । लेवनानी लडाकु दलले एकदिन अगाडि इजरायलको एक सैनिकलाई आक्रमण गरी मारेको थियो ।त्यसको विरोधमा इजरायलले हवाई आक्रमण गरेको बताएको छ । लेवनानको लडाकु दल हेजबुल्लाहले इजरायलले आक्रमणको भारी मूल्य चुकाउनु पर्ने बताएको छ । साथै यो लडाकु समुहले इजरायलको यो आक्रमणको प्रतिशोध लिने बताएको छ । सीमानामा इजरायलले आक्रमण बढाईरहेको बेला युद्ध विस्तार हुनेमा विश्व चिन्तित रहेका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित