फागुन २१ काठमाण्डौ , लामो समयदेखि आफ्नो उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिनु पर्ने माग राखेर आन्दोलनरत किसानहरुको राजधानी दिल्ली तर्फ अगाडि बढिरेहको मार्चमाथि प्रहरीले दमन गरेको छ । प्रहरीले मार्चमा सहभागी किसानहरुमाथि अश्रुग्यास प्रहार गर्ने , रबरका गोली वर्षाउने काम गरेको छ ।
पञ्जाव र हरियाना राज्यबाट निस्केको किसान मार्चलाई दिल्ली पुग्न नदिनेमा सरकार रहेको छ । त्यसैले सरकारले किसानहरुलाई हरियानाको शम्भु बोर्डरमा रोकेको छ ।किसानहरु भने दिल्ली पुग्ने भन्दै सरकारको अवरोधलाई जसरी पनि छिचोल्ने मनशायका साथ अगाडि बढिरहेका छन् । उनीहरुले साथमा किसान कर्ममा सहयोगी यन्त्रहरु पनि ल्याएका छन् । किसानहरु संगको वार्ता निष्कर्षविहीन भएको थियो । यो अवस्थामा किसानहरुको मार्चले दिल्लीसहित हरियाना ,पञ्जावमा तनाव उत्पन्न भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
भारतमा जारी किसानमार्चमाथि प्रहरीको दमन
Comments

