चैत्र ११ काठमाण्डौ । प्यालेष्टाइनी भूभाग गाजामा मृत्युहुनेहरुको संख्या ३२ हजार नाघेको छ । पछिल्लो समाचार अनुुसार गाजामा मृत्युहुनेहरुको संख्या ३२ हजार २ सय २६ रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घाईतेहरुको संख्या ७४ हजार ५१८ पुगेको छ । भग्नावशेषमा धेरै संख्यामा रहेको जनाईएको छ लाखौंको संख्यामा विस्थापनमा परेका छन् । विस्थापितहरुको अवस्था निकै भयावह रहेको छ । बच्चाकेटाकेटीहरु पिउने पानी खाना ,औषधी, उपचारको अभावमा रहेका छन् ।इजरायलले गत अक्टोबर सात यता छ महिनासम्ममा निरन्तर आक्रमण जारी राखेको छ ।आक्रमणमा परी मारिनेहरुमा अधिकांश महिला केटाकेटी रहेको छन् । इजरायलले आक्रमण रोक्न गरेको प्रश्तावहरुलाई अस्वीकार गर्दै आएको छ ।
Comments

