बेईजिङ । चीनले २०२४ मे ३ तारिखमा पठाएको अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण गरेको बताएको छ । अहिले सम्म कुनै यान जान नसकेको स्थान चन्द्रमाको दक्षिणी भूभागमा यान अवतरण गरेको चीनले जनाएको छ । स्थानीय समाचार अनुसार आईतबार बिहान ६ बजेर २३ मिनेट जाँदा यान चन्द्रमामा सफल अवतरण गरेको हो ।
चन्द्रमाको यो भूभागबाट महत्वपूर्ण चट्टान र माटो संकलन गरेर ल्याई परिक्षण गरिन चीनले बताएको छ ।
Comments

