असार ६ काठमाण्डौ । इजरायली आक्रमणमा परी १लाख ३६हजार प्यालेष्टाइनी शहिद भएको एक प्रतिवेदनले देखाएको प्यालेष्टाईनी समाचार एजेन्सी वाफाले जनाएको छ । विश्व शरणार्थी दिवशको दिन प्यालेष्टाइनी केन्द्रीय तथ्याङक विभागका अध्यक्ष डाक्टर वला एवाडले सो तथ्याङक सार्वजनिक गरेको वाफाले जनाएको छ ।
सन् १९४८ देखि सन् २०२४ अप्रिल ३० सम्म देश भित्र र देश बाहिर इजरायली आक्रमणमा उक्त संख्याको प्यालेष्टाईनी शहिद बनेको तथ्याङकले देखाएको बताईएको छ। पछिल्लो अवधिमा गत वर्षको अक्टोबर ७ मा हमासको इजरायलमाथिको आक्रमणपछि ३७हजार ५सयको मृत्यु भएको जसमा १५हजार १सय ६२ जना बच्चाहरु ,१०हजार १८ जना महिलाहरु र १४७ जना पत्रकारहरु रहेको पनि उल्लेख छ । ७ हजार महिला केटाकेटीहरु हराईरहेका छन् । वेष्ट व्याङकमा मात्रै ५हजार ३ सय २२ जना शहिद भएकार २०लाख भन्दा बढि मानिस विस्थापित हुन बाध्य भएको बताइएको छ । इजरायलले गत वर्षको अक्टोबर सात पछि हमास विरुद्ध आक्रमण भन्दै प्यालेष्टाईनीमाथि निर्ममतापूर्वक हमला गर्दै आएको छ ।

