कार्तिक २०,काठमाडौ । नेपाली समय अनुसार आज राती अमेरिकामा राष्ट्रपति चुनाव हुँदै छ। रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट कमला ह्यारि निर्वाचनको मैदानमा छन् । कसले चुनाव जित्ला दाबीका साथ कसैले पनि भन्न सक्ने स्थिति छैन । सर्वेक्षणहरूले झिनो मतले ह्यारीलाई देखाएकोभए पनि दावीका साथ भन्न सकिदैन ।
ह्यारि वर्तमानका उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्व राष्ट्र पति हुन् । रिपब्लिकन उम्मेदवार ट्रम्प यस भन्दा पहिलेको चुनावमा उनको सन्की स्वभावका कारण पराजित भएका थिए । यदि ह्यारीले चुनाव जितिन भने अमेरिकाको यसपटकको निर्वाचनले दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ र ट्रम्पले चुनाव जितेमा उनको यो दोस्रोपटक ह्वाइट हाउसको यात्रा हुनेछ ।
कुल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता ९रजिस्टर्ड० गरेका तथ्याङ्क छ । यसैगरी कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये २ सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्न सक्नेछ । अमेरिकामा इलेक्ट्रोल भोट सिस्टम भएकाले धेरै मत ल्याएर मात्र निर्वाचनमा विजय हुँदैन । इलेक्ट्रोल मतमा अगाडि हुनु पर्दछ ।
अमेरिकाको निर्वाचनमा को राष्ट्रपति हुन्छ र उसले कस्तो विदेश नीति अपनाउँछ भन्ने कुरा विस्वब्यापी चासोको विषय हुन्छ । अमेरिकाले अहिले चलिरहेको रुस युक्रेन युद्धमा युक्रेनलाई र इजरायल ( लेबनान ,इजरायल ( इरान,इजरायल ( प्यालेस्टाइन युद्धमा इजरायललाई समर्थन गरिरहेकोछ । जसले चुनाव जिते पनि अमेरिकाको साम्राज्यवादी नीतिमा खासै परिवर्तन नहुने गरेको विगत छ ।
ः

