बेङ्गलोर दक्षिण नगर समिति अन्तरगत विभिन्न कार्यक्रम 

बेङलोर । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तरगतका एरिया समितिका बैठक तथा प्रशिक्षण कार्यक्रम र २०८२ सालको भित्ते पात्रो वितरण गर्ने महत्त्वपूर्ण कार्य सम्पन्न भएका छन्।जसमा एज एस आर लेवटमा केन्द्रीय सचिव रामसिंह वि.क केन्द्रीय सदस्य तथा महिला नेतृ मिना विकले महिला सम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने रामसिंह वि.कले एकता समाज सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।ईजिपुरा एरिया समितिमा केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिकले एकता समाज सम्बन्धी र ज्ञानमती विकले महिला सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

लक्ष्मी लेवट एरिया समितिमा केन्द्रीय सदस्य गणेश विकले एकता समाज सम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने क्षेत्रीय सदस्य वसन्ती विकले महिला सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।जे.पी.नगर समितिमा केन्द्रीय सदस्य शेरसिंह विक, केन्द्रीय सदस्य हरिश विकले २०८२ सालको भित्ते पात्रो वितरण गर्नुका साथै अगामी जुन महिना भित्रै बाँकी एरिया समितिका बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तर्जुमा गरेको छ। अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले आफूभित्र पर्ने एरियाहरूका बैठक नियमित रूपमा बसाल्ने र ती एरिया समितिका सदस्यहरुलाई सकृय पार्दै जानुका साथै नयाँ सदस्यता दिएका सदस्यलाई समितिमा आवद्ध गर्ने काम हुँदैछ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित