ईरान माथि ईजरायलद्वारा गरिएको हमलाको रेड स्टारद्वारा विरोध

 

काठमाडौ । भाकपा (मा ले) रेड स्टारले ईरानमाथि ईजरायलद्वारा गरिएको हमलाको विरोध गरेको छ । भाकपा (मा ले) रेड स्टारको अन्तर्राष्ट्रिय विभागले २०२५ जुन १३ तारिखमा एक वक्तव्य जारी गरी सो विरोध जनाएको हो । वक्तव्य यस प्रकार छ –

“ईरानको सैन्य तथा परमाणु स्थल माथि इज़राइलद्वारा गरिएको हमलालाई अन्तरराष्ट्रिय समुदायद्वारा कडा शब्दमा निन्दा गरिनु पर्दछ । यो हमला यस्तो बेलामा भएको छ कि जुन बेला अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी IAEA ले ईरान माथि परमाणु अप्रसार प्रतिबद्धता उल्लंघन गरेको आरोप लगाएको छ ।IAEA पहिले नै अमेरिकी नेतृत्वमा रहेको पश्चिमी साम्राज्यवादी गुटको राजनीतिक औज़ार प्रमाणित भैसकेको छ , जो इज़राइलको परमाणु हतियार क्षमताबारे जानिबुझिकन चुपचाप बसेकोछ ।

अब, इज़राइलद्वारा ईरानको परमाणु स्थल र शीर्ष सैन्य कमाण्डरहरू र परमाणु वैज्ञानिहरूलाई निशाना बनाएर ,ऑपरेशन राइजिंग लायन , नामक हमला — जसको घोषित उद्देश्य ईरान र ईरानको कथित परमाणु खतरालाई समाप्त गर्ने भनिएकोछ — अमेरिकी नेतृत्वमा रहेको नाटोको मौन समर्थन बिना यो सम्भव थिएन । तथापि , अमेरिकाले यसलाई ,एक पक्षीय  हमला,  बताएर ईजरायली हमलामा आफ्नो संलग्नता नरहेको देखाउन कोशिश गरेकोछ ।

त्यस बाहेक , जब यूरोपीय देशहरूमा जागरूक नागरिक र लोकतांत्रिक शक्तिहरू इजरायली यहुदीवादीद्वारा प्यालेस्टाइनीहरूको नरसंहारको विरुद्ध खडा भए र आ – आफ्ना देशका सरकारहरूलाई कम से कम औपचारिक विरोध जनाउन बाध्य बनाइरहेका छन् , तब ईज़रायल मुख्यतः आफ्नो संरक्षक ट्रम्प शासन माथी निर्भर भैरहेको छ । तथापि , अमेरिकामा पनि प्यालेस्टाइनी समर्थक आन्दोलन बढ्दै गैरहेकोछ ।

यस्तो बेलामा ईरान माथि हमला गरेर एका तर्फ नव–फासीवादी नेतन्याहू, ग़ाज़ामा जारी भीषण नरसंहारबाट संसारको ध्यानलाई त्यहाँबाट हटाएर पश्चिम एशियामा भू–राजनीतिक तनावलाई अर्कै दिशामा मोड़न चाहन्छन । अर्को तर्फ , ईरान सित तनाव बढ़ाएर यहुदीवादी शक्तिहरूलाई यूरोपीय नाटो देशहरूलाई अमेरिकी( यहुदिवादी धुरको पछाडि लतारिन बाध्य बनाउन खोजेको छ ।

आगामी दिनमा , जब अरब देशहरूका अभिजात्य तथा स्वार्थी शासक — जिनको भारी मात्रामा पेट्रो डलर अमेरिका र यूरोपीय बैंकहरूमा जम्मा छ — मूक दर्शक बनिरहनेछ , तब पूरै पश्चिम एशियामा दीर्घकालिक अस्थिरता फैलिने छ । यसको अन्तिम परिणाम अमेरिकी सैन्य –औद्योगिक परिसरको लागि भारी मुनाफ़ा र मेहनतकशहरू तथा उत्पीड़ित जनसमुदायहरू माथि अधिक बोझ पर्नेछ ।

यसको एकमात्र विकल्प यही हो कि मेहनतकश वर्ग र सबै उत्पीड़ित जन — एक स्पष्ट साम्राज्यवाद विरोधी तथा इजरायली यहुदीवादी विरोधी दृष्टिकोणको साथ — पूर्ण आक्रामक प्रतिरोध खड़ा गरौं ! ”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित