नेपालीहरुको साथमा अखिलभारत नेपाली एकता समाज

किसनबहादुर वि.क.
बेङ्गलोर । हाम्रो गौरवशाली संगठन अखिल भारत नेपाली एकता समाज प्रवासी नेपाली श्रमजीवी जनताको संगठन हो यो संगठनले प्रवासी नेपालीमाथि भैइ परिआउने समस्याको समाधान र आपतविपतमा आर्थिक ,भौतिक, नैतिक सहयोग गर्दै आएको इतिहास आम नेपाली जनतालाई अवगत भए कै कुरा हो। त्यस कारण अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले विगत देखि वर्तमानसम्म गर्दै आएको आर्थिक भौतिक नैतिक सहयोग सन् २०१८ देखि २०२५ को जुन सम्मको सहयोग विवरण तल उल्लेखित गर्दैछु।
कैलाली जिल्ला घोडाघोडी नगरपालिका वार्ड नम्बर ६ बचुरिया निवासी। रमेश सोनार श्रीमती जैमती सोनार र उनका दुई छोरा एक बुहारी एक ४ महिनाकी नातनी नाबालक सहित ५ जना परिवार गत १४ जुन २०२५ का राती ग्यास लिकेज भएर जलेको खबर पाउँदा साथ अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा हाँक साप्ताहिक कर्नाटक राज्यका रिपोर्ट करन दयालले सन्जान अस्पतालमा गएर यस घटनाको जायजा लिनका साथै जलेका घाइते लाई सन्जान अस्पताल बाट सरकारी विक्टोरिया अस्पतालमा रिफर गराउन सहयोग गर्नु भएको थियो।
१५ जुन २०२५ का दिन अखिल भारत नेपाली एकता समाज केन्द्रीय केन्द्रीय सचिव रामसिंह बिक, केन्द्रीय सदस्य गणेश विक विक्टोरिया अस्पतालमा गएर रमेश सोनार परिवारको परिचय र उहाँको नाम स्थायी बसोबासको प्रमाणित कारण भएपछि ग्रुप छलफल गरी दक्षिण नगर समितिले आर्थिक सहयोगका बेङ्गलोरमा रहेका सं संस्था श्रमजीवी नेपाली कामदारहरूलाई अपिल गरेको थियो । सोही अनुरुप सहयोगी मित्रहरू का नामावली सार्वजनिक गरेका छौँ।
मिति १६ जुन २०२५
१. किसन बहादुर बिक रू १००५
२.डमर सिंह बाट रू ११००
३. मोहन लाल परियार रू ं ५०१
मिति १७ जुन २०२५
४. बोम बहादुर परियार रूं ५००
५. देवकला परियार। रू १०००
६. रामसिंह बिक रूं ५२५
७. स्याम बहादुर परियार रू २०००
८. शेरसिंह विक रू ं५००
९. लक्ष्मी भट्ट रू ं ३००
१०. अर्जुन भाट रू ं ४००
११. बिस्ना विक रू ं ५१०
१२. उत्तम बयानी रू ं ५००
१३. गणेश विक रू ं ५५०
१४.वसन्ती कोली रू ं ३००
१५. शान्ति कोली रू ं ३००
१६. शिब राम विक रू ं ५००
१७. ज्ञानमती विक रू १०००
१८. उर्मिला विक रू ं ५००
१९ हरिश विक,रू ं ५००
२०. कलावती दया‌ल रू ं ५००
२१. गोपाल विक रू ं ५०१
२२. हिरा ओड रू ं ५००
२३. पदमा कोली रू ं २११
२४. मन्जु विक रू ‌ ं २००
२५. करन दयाल रू ं ५००
जम्मा रू १४,९०० आर्थिक सहयोग गर्नु हुने सहयोगी दाताहरु लाई धन्यवाद दिदै अखिल भारत नेपाली एकता बेङ्गलोर दक्षिण नगर समितिले सचिव हरिश विकको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गरेको थियो । जसमा कोषाध्यक्ष शिबराम बिक, नगर सदस्य स्याम बहादुर परियार,केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक केन्द्रीय सचिव रामसिंह बिक, केन्द्रीय सदस्य गणेश विक केन्द्रीय सदस्य शेरसिंह विक केन्द्रीय सदस्य कलावती दयाल केन्द्रीय सदस्य मिना विक क्षेत्रीय सदस्य वसन्ती विक क्षेत्रीय सदस्य हिरा ओड नगर सदस्य तुलसी विक, रहेको प्रतिनिधि मण्डलले २२ जुन २०२५ का दिन पीडितका बुवा रमेश लगायत उहाँका आफन्त जनकको बीचमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिकले सहयोग दाता र अस्पताल का कर्मचारी लाई धन्यवाद ज्ञापन गर्दै उपचाररत पाँचै जनाको स्वास्थ्य लाभको कामनाका साथ जैमती का श्रीमान दिदी र बहुारी लाई रू १४, ९०० हस्तान्तरण गर्नुभएको थियो।
विगतको सहयोग विवरण
(१)दार्चुला जिल्ला हाल बसाइँसराइ कैलाली खडक विष्ट कामको सिलसिलामा बेङ्गलोरमा आउन भयो एकता समाजको सदस्यता लिएर भलिबल खेलाडीको रूपमा पनि परिचित नुहुन्छ उहाँ २३ ÷९÷२०१८ मा बिमारी हुन भयो उहाँको तत्काल सल्यक्रिया गराउन पर्ने भएकोले दक्षिण नगर समिति ले उहाँलाई रु ९०००‌ हजार भारू नगर सदस्य करन दयाल द्वारा बुझाएको थियो।
(२ं) १६ अप्रिल २०१८ बैतडी जिल्ला पाटन नगरपालिका वार्ड ७ रुपल्ली निवासी उमेश बिक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तर्गत ताउरकेरी एरिया समिति का सचिव उमेश विक को माइली छोरी को अप्रेशन को लागि नगर समितिले रू १८६३५ आइसी नगर समितिका उपाध्यक्ष किसन बहादुर विक, नगर सदस्य करन दयाल, रामसिंह विक, शेरसिंह विक, महिला बिभाग कि अध्यक्ष पार्वती विक, को प्रतिनिधि मण्डलले पिडित बालिका का बुवा उमेश विक लाई हस्तान्तरण गरेको थियो।
(३) तत्कालीन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाली हरुमाथिआइपर्ने कठिनाइको समाधानका लागि आर्थिक भौतिक सहयोग गर्दै आएको इतिहास स्मरण गराउन चाहन्छु गत वर्ष ३० मार्च २०२० मा को भिड १९ कोरुना भाइरस का कारण बेङ्गलोर महानगरमा काम गर्ने मजदुर जस्तै होटल, कोठी, कारखानामा काम गर्ने नेपाली मजदुरहरु लाई मजदुरी बाट निकाली दिएर अलपत्र परेका नेपाली मजदुरहरु लाई राहत दिलाउन तत्कालीन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कर्नाटक राज्यका सरकार संग सङ्घर्ष गरेर राहत दिलाउन सफल भएको थियो
तत्कालीन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले
८ अप्रिल २०२० बेङ्गलोर ताउरेकेरे यस। जि। पाल्पामा भएका सम्पूर्ण नेपाली मजदुरहरु लाई राहत दिलाउन कर्नाटक राज्यका सांसदको कार्यालयमा गएर तत्कालीन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य करन दयाको नेतृत्वमा गएको कार्यदलले सांसद राम लिङ्गा रेड्डी
संग प्रामर्श गरेर नेपाली मजदुर लाई राहत दिलाउन सफल भएको थियो।
(४) तत्कालीन मुल प्रवाह अखिल भारत नेपाली एकता बेङ्गलोर दक्षिण नगर समिति द्वारा सहयोग डडेलधुरा
जिल्लाको अमरगढी नगर पालिका वाड न ७ भतकाँडा बस्ने करन बि क का माइला छोरा दिलिप कुमार बि क को गत दिनाङ्क २३र६र२०२१ का अखिल भारत नेपाली एकता समाज दक्षिण नगर समिति अन्तरगत ताउरेकेरे एरिया समितिका साथि हरूले रु ४५०० भारू क्षेत्रिय सचिव राम सिह बि क को नेतृत्वको प्रतिनिधिमण्डल द्वारा बुझाइएको थियो।

(५)जिल्ला बैतडी मेलौली नगरपालिका वाड नम्बर ७ हिक्मत सिंह भाटका जेष्ठ पुत्र सागर भाट वर्ष १७ को गत १९ जुलाई २०२१का दिन नेपाल बाट दक्षिण भारत बेङ्गलोर मा आउने क्रममा भिरसन्द्रा हुसुर रोड क्रस गर्ने क्रममा दुई पांग्रे गाडीले ठोक्दा दहिने खुट्टाको हड्डी भाँचिएकोले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तर्गत भिरसन्द्रा एरिया समितिका अध्यक्ष तथा नगर सह सचिव राम दत्त पाण्डेको नेतृत्वमा संकलन गरेर ९००० हजार भारु जम्मा गरेको थियो उक्त रकम अखिल भारत नेपाली एकता समाज दक्षिण नगर समितिका अध्यक्ष किसन बहादुर विक ‌ लगायत मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति का सल्लाहकार सदस्य करन दयाल र सेर सिंह विक राम दत्त पाण्डे सहितको प्रतिनिधि टोली द्वारा पिडितका बुबा हिक्मत सिंह भाट लाई १५ अगष्ट २०२१ मा रु ९००० नौ हजार भारु हस्तान्तरण गर्नुभएको थियो।
(६)बैतडी जिल्ला पाटन नगरपलिका वडा नम्बर ६ खिपाली निवासी जयदेव लोहारको छोरा वर्ष २५ को किसन लुहार को दुबै मृगौला फेल भएकोले डाक्टरको सल्लाहअनुसार दुबै मृगौला प्रत्यारोपण गर्ने सल्लाह दिए पछि प्रत्यारोपण गर्नको लागि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको थियो । मृगौला प्रत्यारोपण गर्नको लागि धेरै खर्च लाग्ने भएकाले घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुँदा उहाँको उपचार को लागि ।
आर्थिक सहयोग गर्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिलाई निवेदन दिनु भएकोले
उक्त निवेदनलाई मध्यनजर गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले आर्थिक सहयोग अभियान २६ सेप्टेम्बर २०२२‌ बाट अभियान सुरु गरेको थियो अभियानमा कार्यकर्ताबाट र आम नेपाली दाजुभाई दिदी बहिनी तथा इष्टमित्र हरु बाट रु ७७ हजार ५३६‌ र दक्षिण नगर समितिले रु १००००,दश जम्मा रू ८७५३७ ‌रू आर्थिक सहयोग प्रदान गर्नु भएको थियो। स्व रकम ताउरेकेरे एरिया समितिका सदस्य तथा पिडित का आफन्त उत्तम बयानी र भिनाजु ‌बिरेन्द्र विक द्वारा बुझाएको थियो।
(७)कैलाली जिल्ला उपमहानगरपालिका वाड नम्बर १८ फुलबारी निवासी मोहन अधिकारी को‌ धर्म पत्नी तिला अधिकारी वर्ष २९ कि‌ हाल दक्षिण भारत को बेङ्गलोर मा रोजगारीको लागि आउन भएको थियो।‌ दुर्भाग्यबस गत २÷४÷२०२३ का ‌दिन तातो पानीले‌ जलेर शरिरको तल्लो भाग अत्यन्तै नाजुक हुनुभएको थियो। उहाँको उपचार बेङ्गलोर को सन्जान अस्पतालमा भइरहेको थियो । उहाँले उपचारको का लागि अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तर्गत एचएसआर लेवट एरिया समितिमा निवेदन गरेकोले एरिया समितिका अध्यक्ष जयसिंह विकले बेङ्गलोर दक्षिण नगर समिति लाई जानकारी दिनुभएको थियो। जानकारी पाएपछि जिम्मेवारी कार्यकर्ताले व्यक्ति गत सहयोग चन्दा सङ्कलन गरेर रु ३००० हजार भारू रकम संकलन गरी ‌ केन्द्रीय सदस्य तथा नगर अध्यक्ष किसन बहादुर विक, केन्द्रीय सदस्य सदस्य करन दयाल, केन्द्रीय सल्लाहकार सदस्य शेरसिंह विक, को उपस्थितिमा२१÷ ५÷२०२३ का दिन सहयोग रु ३००० तिन हजार निज मोहन अधिकारी लाई प्रदान गर्नु भएको थियो।
(८) कन्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नम्बर १ हिरापुर निवासी , हाल भारतको बेङ्गलोर गारापाल्या लक्ष्मी लेवट‌मा बस्दै आएका सन्देश अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तरगत लक्ष्मी लेवट एरिया समितिका अध्यक्ष सन्देश तिरुवा परिवार दिनाङ्क १९ डिसेम्बर २०२३ तदनुसार २०८० साल पुष ८ गते बिहान ग्यास सिलिन्डर लिकेज भएको थाहा नपाई कन ग्यास स्टोप जलाउने क्रममा आफ्नै शरीर मा आगो लागे र सम्पूर्ण परिवार जलेर सकत घाईते लाई उपचारको लागि अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले आर्थिक सहयोग का लागि समाजिक संस्था हरू संग अपिल गरेको थियो केन्द्रीय उपाध्यक्ष किसन बहादुर विक को नेतृत्वमा आर्थिक अभियान ग्रुप बनाएर आर्थिक सहयोग दाताहरुलाई उपाध्यक्ष किसन बहादुर विकको ग्रुपमा सहयोग गर्नु अपिल गरेका थियौँ । उहाँ पाँचै जनाको परिवार बेङ्गलोरको विक्टोरिया अस्पतालमा उपचार भईरहेको थियो। यो दुःखद घडीमा सम्पूर्ण प्रवासी दाजुभाइ तथा दिदी बहिनीहरूमा आर्थिक सहयोगकालागि हामीले अपिल गरेका थियौँ सोही अनुसार संकलित रकम ७३,००० हजार अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य धर्म राम विक, नेतृत्वमा केन्द्रीय सदस्य करन दयाल केन्द्रीय सदस्य सेर बहादुर दयाल , केन्द्रीय सदस्य गणेश विक, केन्द्रीय सदस्य शेरसिंह विक, ‌नगर सदस्य शिव राम विक,नगर सदस्य हरिश विक, महिला नेतृ मिना विक प्रतिनिधि मण्डल मृतक सन्देश तिरूवा कि श्रीमती लाई रू ७३,००० हजार हस्तान्तरण गरेको थियो।
त्यसै गरी के.एस.थलो युट्युब च्यानलका सञ्चालन रामी राम कोली द्वारा रू १०,००० हजार आसी प्रदान गर्नु भएको थियो।
प्रवासीसंघ केरला कर्नाटक राज्य समितिले रू ७७९६२ ं ८०१० . जम्मा रकम रू ८५,९७२ हस्तान्तरण गरेको थियो।
बैतडी जिल्ला पाटन नगरपलिका वडा नम्बर ६ लोरखा निवासी हरजित टमटाको कान्छो छोरा वर्ष ५२ को शंकरेस टमटोको बिखत २०८०÷११ ÷ ३० गते श्री वि.पि को मे. मे.क्यान्सर अस्पतालले क्यान्सर प्रमाणित गरेको थियो डाक्टरको सल्लाहअनुसार औषधि र किमो ८ वटा लगाउन पर्ने भएकोले धेरै आर्थिक
खर्च लाग्ने भएको हुदा घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको ले उहाँकोउपचारको लागि । आर्थिक सहयोग गर्न अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति लाई निवेदन दिनु भएकोले उक्त निवेदनलाई मध्यनजर गर्दै अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले देश तथा विदेशमा रहेका संगठन संस्था तथा समस्त नेपाली दाजुभाइ, तथा दिदी बहिनी इष्टमित्र आफन्तहरुमा आर्थिक सहयोगकालागि हार्दिक अपिल गर्नुका साथै उहाँको स्वास्थ्य लाभको कामना गर्दै केन्द्रीय सदस्य धर्म राम विक द्वारा रू १३,००० भारू पठाएको थियो ।
जिल्ला बैतडी पाटन नगरपालिका वडा नम्बर ६ लामा खेत निवासी रामी राम कोली को जेष्ठ पुत्र वर्ष ३८ का हिरा कोली हाल भारतको बेङ्गलोरमा कार्यरत हुनुहुन्थ्यो उहाँको दुइटै मृगौला फेल भएको डाक्टरको सल्लाह अनुसार मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकोले अखिल भारत नेपाली एकता बेङ्गलोर दक्षिण नगर समितिले आर्थिक सहयोग संकलन गरेर रू ११८०० भारू निज हिरा कोली लाई हस्तान्तरण गरेको थियो।
जिल्ला बैतडी दशरथचन्द नगरपालिका वडा. न ७ माई खर्क निवासी कृष्ण दत्त शर्मा। लक्ष्मी शर्मा को छोरा वर्ष १९ को केशव राज शर्मा (मनोज) को मिति २०८१÷१०÷११ गते राती –१० बजे सु०प०प्र००१÷०११ प ५२२६ न.को मोटर साईकल दुर्घटनामा परि गम्भिर घाइते भई उपचारार्थ धनगढी स्थित माया मेट्रो अस्पतालमा रहेको ब्यहोरा अवगत गराउदै, मेरो आर्थिक अवस्था का कारणले उपचार असम्भव भएकाले त्यस समिति द्वारा हुन सक्ने आर्थिक सहयोग जुटाई सहयोग गरिदिन मिति ३० जनवरी २०२५ का दिन अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिमा निवेदन गर्नुभएको थियो उक्त निवेदन नगर समितिले अनुमोदन गरी नगर सदस्यहरूलाई सहयोगका लागि आव्हान गरेको थियो।
नगर सदस्यहरूले सहयोग गर्नु भएको रू १९,४६० नेपाली सहयोग अध्यक्ष राम दत्त पाण्डे द्वारा पठाउने काम भएको थियो।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित