विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

 

 

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले ‘त्वदीयं वस्तु गोविन्दतुभ्यमेव समर्पये’ नामक साहित्यिक कार्यक्रम मार्फत वरिष्ठ साहित्यकार पुष्कर लोहनीको साहित्यिक योगदानको स्मरण गर्दै सम्मान कार्यक्रमको आयोजना गरेको छ।विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष विष्णु आचार्य अतृप्तुको अध्यक्षता तथा अग्रज साहित्यकार पुष्कर लोहनीको प्रमुख आतिथ्यमा घट्टेकुलो, काठमाडौस्थित महापुष्कर सभाकक्षमा मिति २०८२ मङ्सिर २६ गते, शुक्रबार साँझ उक्त कार्यक्रम सम्पन्न भएको हो।उक्त कार्यक्रममा विशेष अतिथि नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईं, अतिथिहरू( वरिष्ठ साहित्यकार तथा शारदा मासिकका सम्पादक विमल भौकाजी, निबन्धकार श्रीबाबु कार्की, भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्षहरू( कुलप्रसाद पराजुली, केशव रुपाखेती, विष्णुबहादुर सिंह, पुण्य घिमिरे, रामेश्वर राउत ुमातृदासु र कृष्णदेव रिमाल ‘शब्दसेनाु’वि.क. सा.स.पूर्व उपाध्यक्ष राजु शर्मा,आयोजक संस्था वि.क.सा.स.आठौँ कार्यसमितिका पदाधिकारी,सदस्यहरू(शारदा पराजुली, मुकुन्द प्रसाद प्रसाई,भोला शर्मा, सङ्गीता अधिकारी, रीता चालिसे, मिमन पुलामी, अनिल पौडेल, रामराजा ओझा,नारायण प्रसाद आचार्य लगायत) समेतको कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रममा वरिष्ठ साहित्यकार पुष्कर लोहनीलाई माला, दोसल्ला र उहाँको योगदान झल्कने सम्मानपत्र समर्पण गरिएको थियोे । त्यसैगरी त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पयेुअर्थात् ुजसको सिर्जना हो उहाँलाई नै सुनाउनेुखण्डको कार्यक्रममा सभाकक्षमा उपस्थित सबैले सम्मानित स्रष्टा पुष्कर लोहनीद्वारा विभिन्न कालखण्डमा रचिएका विभिन्न विधा ९ कथा, कविता, मुक्तक, हाइकु, चोका, कटौता आदि० का रचनाहरू उहाँलाई नै सुनाएका थिए।

 

उक्त कार्यक्रममा मन्तव्य राख्दै सम्मानित व्यक्तित्व लोहनीले ८८ वर्षको उमेरमा पनि आफूमा साहित्य सिक्ने र सिकाउने ऊर्जा अझै कायम रहेको विचार प्रकट गर्दै सत्यको पक्षमा आफूले निडरता पूर्वक कलम चलाएको तर प्राप्तिको लागि भनेर नलेखेको धारणा राख्नु भएको थियो।

उक्त समारोहमा कार्यक्रम आयोजनाको औचित्य पुष्टि गर्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष विष्णु आचार्य अतृप्तुुले तिम्रो वस्तु तिमीलाई नै समर्पण गर्दछौँ भन्ने आशय सहित त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पयेु नामक साहित्यिक अभियान सुरु गरिएको बताउनु भयो। उहाँले यो अभियान हालसम्म क्रमशःआदिकवि भानुभक्त आचार्य , महामानव विश्वेश्वरप्रसाद कोइराला, कवि विष्णु बहादुर सिंह तथा सात युवा कविहरूको समूह (पि सेभेन) को साहित्यिक देनप्रति समर्पित रहँदै संचालन भैसकेको जानकारी दिँदै सोही अभियानको पाचौँ संस्करणका रूपमा पुष्कर लोहनीको साहित्यिक योगदानलाई स्मरण गरिएको विचार व्यक्त गरे ।

यस अघिुतीन तियाँ,गजल मुशायर, पुस्तकसँग पाठकु, बहुभाषिक काव्यगोष्ठीु लेखन प्रशिक्षण कार्यशालाु, स्रष्टा सम्मानु, पर्यटन साहित्य प्रवर्द्धनु लगायतका विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रम संचालन गरिसकेकाले पृथक धारको कार्यक्रम खोज्ने सिलसिलामा यस्तो स्वरूपको कार्यक्रम गर्ने अवधारणाको विकास हुन गई यस प्रकृतिको कार्यक्रम शृङ्खलाबद्ध रूपमा आयोजना गरिएको संस्थाका सचिव युवराज शर्मा आविष्कार कला ले जानकारी दिनु भयो।

कार्यक्रममा विशेष अतिथि इन्दिरा प्रसाईं, वि.क.सा.स.का पूर्व अध्यक्षहरू एवम् अतिथि साहित्यकारद्वय विमल भौकाजी र श्रीबाबु कार्कीले रचना वाचनको पृष्ठभूमिमा विद्युतकर्मी साहित्यिक समाजको सिर्जनात्मक गतिविधि र पुष्कर लोहनीको साहित्यिक देनका बारेमा सङ्क्षिप्त टिप्पणी समेत गर्नु भएको थियो।करिब दुई घन्टासम्म सन्चालन भएको सो कार्यक्रमको सहजीकरण विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्मालेगर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा अतिथि साहित्यकारहरूलाई मायाको चिनो प्रदान गरिनुका साथै पुष्कर लोहनीकी धर्मपत्नी महालक्ष्मी लोहनीको हातबाट तयार भएको स्वादिलो खाजा वितरण गरिएको थियो।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित