काठमाण्डौ । कवि बलराम तिमल्सिनाको एकल कविता वाचन तथा समीक्षा कार्यक्रम २०८२ पौष १९ गते इच्छुक साँस्कृतिक प्रतिष्ठानमा सम्पन्न भएको छ । कवि तथा समीक्षक र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रम इच्छुक साँस्कृतिक प्रतिष्ठानले निरन्तररुपमा गर्दै आएको सिर्जना र संवाद कार्यक्रमको श्रृङखलामा एकल कविता वाचन तथा समीक्षात्मक कार्यक्रम सम्पन्न भएको हो ।
कवि गौरी देवकोटाको संचालनमा अगाडि बढेको कार्यक्रममा कवि तिमिल्सिनाले विषयहरुलाई सरल भाषामा बुझाउने गरि रचिएका कविताहरु ‘भावुक बन्ने कुरा’, ‘बिग्रेको बाहुन’र ‘फेरि पनि कमरेडको कुरा’ शीर्षकमा निकै चोटिला,यथार्थपरक तीन वटा कविताहरु वाचन गर्नु भएको थियो । कवितामा समयलाई विगतलाई सम्झेर एक छिन भावुक बन्न सकिन्छ तर भावुक बन्ने कुरा एउटा कुरा हो , यथार्थ अर्कै हुन्छ भावुकताको डुङ्गा बाट कतै पनि पुगिँदैन भन्ने भाव छ । त्यस्तै फेरि पनि कमरेडकै कुरा शीर्षकको कवितामा कविले अहिलेको आफुलाई कम्युनिष्ट बताउनेहरुको राजनैतिक ,साँस्कृतिक, दार्शनिक, नैतिक सबै हिसाबले विचलन हुन पुगेको अवस्थालाई प्रतिबिम्वित गरेको छ । अहिलेका कम्युनिष्टहरुले भनिरहेका कुराहरु र गरिरहेका व्यवहारहरु हेर्दा र उनीहरुलाई कम्युनिष्ट भनेर सम्बोधन गर्ने हो भने विश्वका कम्युनिष्ट पार्टीका नेताहरुलाई, कम्युनिष्ट दर्शनलाई मुर्दावाद भन्नु पर्ने हुन्छ त्यसो गर्न सच्चा कम्युनिष्टले सक्ने कुरै हुँदैन भन्ने भावको कविता छ यो । त्यसरी नै बिग्रेको बाहुन शीर्षकको कवितामा नेपाली हिन्दु ब्राहमणवादमा रहेको संस्कार र संस्कृति जसले मान्छेलाई मान्छे भन्न गाह्रो मानिरहेको हुन्छ ती संस्कारहरु छोडेर बाहुन बिग्रेको हुनुपर्छ र भौतिकवादी यथार्थवादी दर्शनलाई अगाल्न सक्नु पर्छ अनि मात्रै सच्चा कम्युनिष्ट बन्न सकिन्छ , पूर्ण मानव बन्न सकिन्छ भन्ने भाव यस कवितामा रहेको छ ।
कार्यक्रममा साहित्यकार प्रा.डा. जगदीशचन्द्र भण्डारी,मित्रलाल पंज्ञानी,डा.नन्दीश अधिकारी, मनु वि.क., पुन्य आचार्य,आस्था घिमिरे लगायतले एकल कविता र संयुक्त कविताहरुको रुपमा समीक्षा गर्नु भएको थियो । समीक्षाको क्रममा उहाँहरुले तिमिल्सिनाको साहित्यिक यात्रा, साहित्यिक कृतिहरु, वहाँले अवलम्बन गर्दै आउनु भएको माक्र्सवादी राजनैतिक दर्शनप्रतिको अगाध आस्था र वहाँका रचनाहरु संसारभरका मानव समुदायका पुँजी भएकाले तिनीहरुलाई संसारभर फैलाउनु पर्ने आवश्यकता लगायतका विषयहरु प्रष्ट पार्नु भएको थियो ।
बलराम तिमल्सिनाको एकल कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न
Comments

