जाँचबुझ आयोगको म्याद फेरि थप

काठमाण्डौ । सरकारले २३ र २४ भदौको घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगको म्याद फेरि थपेको छ ।
२०८२ माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरेको छ । तीन महिना भित्र जाँचबुझ प्रतिवेदन बुझाउने म्याद तोकिए पनि आयोगले प्रतिवेदन बुझाउन सकेको छैन ।
आयोगको म्याद पछिल्लो पटक ८ माघमा २० दिन थप गरिएको थियो । सरकारले ५ असोजमा विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् ।
भाद्र २३ र २४ गतेको जेनजीको नाममा भएको विद्रोहमा ७६ जनाको अनाहकमा ज्यान जानुका साथै देशका प्रमुख प्रशासनिक केन्द्रहरु सिंहदरबार, संसदभवन,राष्ट्रपति कार्यालय,सर्वोच्च अदालत सहित जिल्ला अदालतहरु, व्यापारिक केन्द्रहरु,उद्योगहरुमा आगजनी तोडफोड र लुटपाट गरिएको थियो । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक सहितलाई छानविनको दायरामा ल्याएको थियो । पटक पटक म्याद थप गर्दा समेत प्रतिवेदन बुझाउन आयोग असफल भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित