क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा धर्मेन्द्र वास्तोलाको रिहाइको माग

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ने.क.पा.(बहुमत)का महासचिव धर्मेन्द्र वास्तोलाको रिहाइको माग गरेको छ । फागुन ५, २०८२ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गरी रिहाइको माग गर्नु भएको हो । प्रेस वक्तव्य यस प्रकार छ –

“२०८२ फागुन ५ गते नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव कमरेड धर्मेन्द्र वास्तोला ‘कन्चन’ लाई खिचापोखरी काठमाडौँबाट कठपुतली सरकारको प्रहरीद्वारा गरिएको गिरफ्तारीले हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गरेको छ । यसबाट के कुरा स्पष्ट भएको छ भने सरकार सामान्य विरोध प्रदर्शनबाट डराइरहेको छ र संविधानप्रदत्त मौलिक अधिकारबाट पनि शोषित–उत्पीडित जनता तथा तिनका प्रतिनिधि पार्टीहरुलाई वन्चित गर्न खोजिरहेको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर भत्र्सना गर्दै कमरेड धर्मेन्द्र वास्तोलाको विनाशर्त शीघ्र रिहाइको माग गर्दछ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित