–नारायण प्रसाद भण्डारी
नेपालको वर्तमान अवस्थालाई सुक्ष्मतरिकाबाट अध्ययन गर्दा राष्ट्रियता नै दुर्घटना तिर ओरालो लाग्दै छ । यस्तै तरिकाले केही समय गुजार्ने कुचेष्टा राज्यमा हालिमुहाली गर्नेहरुले गर्दै गए भने देशको अवस्था के हुने ? राष्ट्रको भविष्य कता जाने ? गम्भीर मोडमा अति कठिन स्थितिमा गुज्रिएको देखिन्छ । अहिले सरकारमा बस्ने साम्राज्यवाद र दलाल पुँजीवादका भजन मण्डलीहरुले चुनावको बेमौसमी बाजा बजाई रहेका छन् । दलहरु विगतमा जेनजी विद्रोहको कारण देश र जनताको भन्दा आफनौ ज्यूँ ज्यानको सुरक्षा गर्दै भाग दौड गर्दै फरार भएका पुन चुनाव आफनो पक्षमा कसरी लिने ? फेरि कसरी पुरानो विरासत फर्काउने कसरतमा अहोरात्र गुणन भाग माइनस पलसको हिसाबमा ब्यस्त छन् । उनीहरुको वर्तमान कसरत भनेको देश र जनताको नजरमा यिनीहरु भ्रष्टाचारी होनन्, थिएनन भन्ने आरोपबाट कसरी पवित्र बन्ने बाहेक अन्य होइन । तर यदि जनताले सचेतपूर्ण तरिकाले बास्तविकता विगतमा जेनजीले देश र जनताको हितमा उठाएका मुद्धा प्रति राम्रो सँग बुझेर आत्म निर्णय गर्न सके भने पनि देश ध्वस्त हुनबाट फेरि पनि भ्रष्टचारको डढेलोबाट बच्न सक्थ्यो होला ? जस्तो महसुस हुन्छ तर सिगों देशको सामाजिक परिवेश मात्र तीनवटा बिकराल समस्याले थलिएको छ । ती हुन –
१)आत्मघाती मिटरब्याज को भयाबह समस्या ।
२) राष्ट्रघाती भ्रष्टाचारको सन्जाल ।
३) अस्थिर राजनीतिको फोहरी खेल ।
यी तीनवटा पक्ष विच सुमधुर र अति निकट सम्बन्ध छ । यसको मुख्य मालिक भनेकै दलाल पुँजीवाद र साम्राज्यवाद हो । यिनीहरुको प्रबेशद्वार मास्टर पलानका पृयपात्र दलाल संसदीय ब्यबस्था हो, त्यसमार्फत यिनीहरु कृयाशील छन् । साम्राज्यवाद र पुँजीवादले आफना दलालहरुलाई उपयोग गरेर विभिन्न प्रलोभनमा पारेर विचौलिया एबं एजेण्टहरुकै नेतृत्वमा मालिकहरु नदेखिने तरिकाले अनेक रुपमा परिचालन गरिरहेका छन । यिनीहरुले राजनीति क्षेत्रको नाममा यस्तो सम्मका हर्कत गरेर नांगो नाच देखाउन समेत पछि परेनन् कि नत रणनीति ,नत विचार, नत विधि विधान , उत्तरी धुर्व र दक्षिणी धुर्व विचको एमाले र माओवादीलाई पार्टी एकता गराइदिए । अन्त्यमा कोहि कता अडके कोहि कता फडके छिन्न भिन्न कुकुर विरालो को विचमा हुने द्वन्द्व भन्दा अझ दुश्मनको रुपमा रुपान्तरण गराए ।अर्को झनै कुनै पनि विषय प्रसंगै नमिल्ने को विचमा ने,का र माओवादी फेरि एमाले र ने का तालमेल कार्यगत एकताको नामबाट बहुमतको सरकार बनाउने भन्दै समिकरण एकाएक बदल्दै क्षणभरमा पहिलो पार्टी साक्षी दोस्रो पार्टीको नेतृत्वमा सरकार बनाइदिए ।यी कुर्कत्य सबै फुटाउ र राजगर भन्ने नबुझेर जस्ले जे भन्छ त्यसै गर्दा एउटा इतिहासमै विश्वले आशा भरोसा गरेको १० बर्षे विशाल क्रान्तिकारी पाटी दर्जनौ टुक्रामा विभाजित बनाएर ध्वस्त मात्र भएन हाल केही समय अगाडि इतिहासमै कालो धब्बाले पोतियो । नाम नेपाली कम्युनिष्ट पार्टी राखे पनि दक्षिणपंथी अवसरवादी संशोधनवादी कित्तामा पुगेर विर्सजनको बाटो रोज्यो । छोटोमा भन्दा माओवादबाट पछि हट्यो । यो क्रान्तिकारी प्रगतिशील अग्रगामी देश र जनताको लागि बलिदानी गर्ने हाल सम्म क्रान्तिमा आफनो जीवन देखेर आफनो निजी जीवन विगारेर निरन्तर लागि परिहेकाहरुको लागि दुखद पक्ष हो । यसरी नेपालमा कुनै पनि शक्तिको एकलौटी सरकार हुन नसक्ने मिलेर सरकार गठन गराए पनि एक बर्ष पनि टिक्न नसक्ने सधै किचलो मात्र भैरहने बनाइदिए ।
माथि माथि राजनीतिको फोहरी खेल भ्रष्टचारका षडयन्त्रकारी योजना तल तल गाउँ बस्ति समाजमा लघुबित्तिय अर्थ ब्यापारको तस्कर मार्फत पुरै ग्रामिण समूदायका कुनै घर गाउँ बस्ती खालि नराखेर देशका कुना कुना सम्म पुगेर समूह जमानी जग्गा जमिन दृष्टिबन्धक जस्ता बन्धनमा कतै बाट उम्कन नसक्ने माकुराको जाल जस्तो बनाएर फसाइएको हुन्छ । बाहिरबाट सुन्दा बेरोजगार महिलाहरुको लागि सस्तो ब्याजमा ऋृण उपलब्ध गराइदिएर उद्यमी बनाउने भनिन्छ तर भित्र पसि सकेपछि निस्कनै नसक्ने गरि माछामार्ने बल्छी जस्तो मर्नु न बाँच्नु , घरबाँस पुरै उठिबासै लगाएर समाप्तै पार्ने कुकृत्य गरिन्छ ।वैधानिक भ्रष्टचार, अवैधानिक आत्मघाती मिटर ब्याज यस्तै प्रकारको सन्जालको रुप गाउँ भरका सामन्त शोषक हुने खाने भ्रष्टचारबाट लुटेको कालो धनलाइ सेतो बनाउँने धन्दाका कुख्यात हरुले गरिने अपराधिक कृयाकलापन आत्मघाति मिटर ब्याजको धन्दा हो । यसरी पुँजीवाद र साम्राज्यवादले चारैतिर बाट घेरा बन्दी पारेर देश समाज लाइ अस्त ब्यस्त धुजा धुजा पार्दै राष्ट्रियता नै संकटको घडिमा पुरायो ।यिनै कारण कोहि आत्म दाहा गरेका छन कोहिको भएभरको संपत्ति सकेर सडकमा पठाए ।
यसरी पुँजीवाद र साम्राज्यवादले चारैतिरबाट घेराबन्दी पारेर देश समाजलाइ अस्त ब्यस्त धुजा धुजा पार्दै राष्ट्रियता नै संकटको घडिमा पुरायो । यिनै कारण कोहि आत्म दाहा गरेका छन कोहिको भएभरको संपत्ति सकेर सडकमा पठाएर मात्र मन्त्री भनाउँदा कामका राष्ट्रघाति दलाल र उच्च स्तरका कर्मचारी अपराधि हरुले यती शुन्दर देश नेपाल आमालाइ ध्वस्त बनाउँदै असफल राष्ट्रको अन्तिम अबस्थामा पुराए । अर्को दुखद पक्ष, अहिले सम्म सत्तामा जाने भ्रष्टाचारीहरुले अन्तराष्ट्रिय सम्पत्ति सुद्धिकरणका सस्थाहरुमा सम्पत्ति विबरणको सूचिकरण गरेनन जस्को कारण नेपाल कालो सूचिको लिस्टमा परयो । त्यसकारण अन्तरराष्ट्रिय जगतमा समेत नेपालको नैतिक्ता, इमान्दारिता, अनुशासन, राष्ट्रिय छवि, इज्जत, विश्वास सबै गुम्यो ।
अन्तमा , नेपालमा २ पटक नामको प्रजातन्त्र आयो । एक पटक नामको गणतन्त्र आयो । पहिले ल्याइएका नामका प्रजातन्त्र पूर्णरुपमा असफल भएका होइनन । यिनै दलाल भ्रष्टचारीहरु जहिले पनि साम्राज्यवादका कठपुतली सरकार बनाउँनमा निरन्तर पुँजीवादका दलाल बन्नमा सबैको मिलेमतोमा होडबाजी गरे । जस्को परिणाम साम्राज्यवादले खेलाइरहयो र जनताको अधिकार सधै कमजोर अबस्थामा राखेर न्यायको लागि लडिरहनु पर्ने गराउँदै अन्तमा प्रजातन्त्र, स्वतन्त्रता खोसिदै गयो । आजको अबस्था र विगतको अबस्था उस्तै उस्तै छ । विगतमा पनि जनताको लागि प्रजातन्त्र आएन । पछिल्लो चरणमा पनि गणतन्त्रको हुइया आयो तर वास्तविक आधारभूत जनताको लागि गणतन्त्र आएन । जनता महगीं, बेरोजगार, बेथिति,अराजकता, अस्थिरता, ठगि, अत्याचार, आत्मघाती मिटरब्याजले सताउँन छोडेन समाजमा हुनेखाने हरुकोे कुकृत्य रोकिएन । साम्राज्यवाद, दलाल पुँजीवाद, विस्तारवाद (र) पश्चिमाहरुको कठपुतली सरकार एबं दलाल संसदीय ब्यबस्थाका उपजहरुले नेपाली जनतालाइ कहिल्यै प्रजातन्त्र, गणतन्त्र, स्वतन्त्रता, मौलिक हक –अधिकार प्राप्त गर्न दिएनन । धन्यवाद !

