सिन्धुली घटनामा १० जना प्रहरीलाई कारबाही सिफारिस

काठमाडौं । सिन्धुली घटनामा १० जना प्रहरीलाई कारबाही सिफारिस भएको छ ।
बलात्कार आरोप मुद्दामा पक्राउ परेर खुर्कोट प्रहरीको हिरासत कक्षमा सिन्धुलीकै सुनकोशी गाउँपालिका ३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको वैशाख ७ गते मृत्यु भएको थियो ।
यो घटनाको छानबिन गर्न प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको लागि सिफारिस गरिएको छ ।
जसमध्ये १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाई सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत र १ जनालाई ग्रेड घटुवा गर्न समितिले सिफारिस गरेको छ ।
समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्न पनि सुझाव दिएको छ ।
हिरासतमा हत्या भएकोमा छानवीन समितिले संलग्नहरुलाई संरक्षण गर्ने उद्देश्यले यो किसिमको सिफारिस गरेको हो भनेर दलित अधिकारकर्मीहरुले विरोध जनाएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित