‘२१औं शताब्दीमा नव उपनिवेशहरुमा फासीवाद र साम्राज्यवाद’ विषयक छैठौं सैद्धान्तिक सम्मेलन सम्पन्न

काठमाण्डौ । राष्ट्रिय जनतान्त्रिक मोर्चा फिलिपिन्सको आयोजनामा ‘२१औं शताब्दीमा नव उपनिवेशहरुमा फासीवाद र साम्राज्यवाद’ विषयक छैठौं सैद्धान्तिक सम्मेलन सम्पन्नभएको छ । गत मे २२–२३ मा सम्पन्न सो कार्यक्रममा पाँच महादेशबाट १७ देशका २ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न देशका कम्युनिष्ट पार्टीका नेताहरुले साम्राज्यवाद, नव उपनिवेश र फासीवादका बारेमा १७ वटा अवधारणा–पत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत अवधारणा पत्रहरुमा आ–आफ्नो देशमा साम्राज्यवाद, औपनिवेशीकरण र फासीवादको अवस्था र त्यसबाट मुक्तिको विषयमा विचार राखिएको थियो । अवधारणा पत्रहरुमा अहिले विश्वमा अमेरिकी साम्राज्यवादले वा विश्व साम्रज्यवादले कृत्रिम बुद्धिमत्ता अर्थात एआइको,सूचना तथा नयाँ प्रविधिको प्रयोग गरी एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी मुलुकका जनताहरुमाथि उत्पीडन जारी राखेको बताइएको थियो । विश्व साम्राज्यवादले विश्वमा उपनिवेश कायम गर्न प्रविधिको प्रयोग गरी अत्याधुनिक साधनस्रोतहरुको प्रयोग गरी आक्रमण गर्ने ,आफ्नो कठपुतली सरकार निर्माण गर्ने, कठपुतली सरकारलाई अनेक बहानामा सहयोग गर्ने र सत्ता टिकाउने गरेको कुरा बताइएको थियो । कार्यक्रममा साम्राज्यवाद विरोधी मजदुर तथा किसानहरुलाई प्रविधिको प्रयोग गरी दमन गर्ने गरेको विषयमा व्यापक छलफल भएको थियो । सो कार्यक्रममा २१औं शताब्दीमा साम्राज्यवाद हिटलर तथा मुसोलिनीको फासीवाद भन्दा क्रुर रुपले आइरहेको बताउँदै त्यसका विरुद्धमा संघर्षलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिइएको थियो । साम्राज्यवादले संसारका उत्पीडित जनता तथा राष्ट्रहरुमाथि आधुनिक प्रविधिको प्रयोग गरी ड्रोनहरुको प्रयोग गरी आक्रमण गर्ने,जबरजस्ती विस्थापन गर्ने ,आप्रवासीहरुमाथि दमन गर्ने ,महिला तथा बालबालिकाहरुमाथि हिंसा बलत्कार र उत्पीडन थोपर्ने गरेको कुरामा व्यापक छलफल भयो । साम्राज्यवादले संसारभरमा प्राकृतिक साधन स्रोतको कब्जा गर्न तीव्र होड चलाइरहेको बताउँदै साम्राज्यवाद पूँजीवादको उच्चतम रुप भएको र साम्राज्यवाद युद्धविना बाँच्न नसक्ने भन्दै अहिले इरानमाथि गरिएको आक्रमण, सन् २०२३ अक्टोबर ७ देखि प्यालेष्टाइनमाथिको इजरायली आक्रमण तथा संसारभरि चलिरहेको व्यापारिक युद्ध पूँजीवादको उच्चतम रुप भएको बताइएको थियो । सो सम्मेलनमा विश्व साम्राज्यवादले आम नरसंहार, युद्ध अपराध ,जाति हत्या जस्ता कार्यहरुलाई तीव्र बनाइएको औंल्याउँदै त्यसका विरुद्धमा एकल देश,एकल संगठन वा कुनै व्यक्ति विशेषको पहल मात्रै पर्याप्त नहुने भन्दै अन्तर्राष्ट्रिय ऐक्यबद्धता,अन्तर्राष्ट्रिय एकता तथा सैद्धान्तिक स्पष्टताको खाचो रहेको औल्याइएको थियो । कार्यक्रममा माक्र्सवादी दर्शन, सिद्धान्त, संगठनको बलले नै विश्व साम्राज्यवाद र २१ औं शताब्दीको नव औपनिवेशीकरणलाई परास्त गर्न सकिनेमा विशेष जोड दिइएको थियो । सही माक्र्सवादी दृष्टिकोण विना,संगठन र सिद्धान्त विना साम्राज्यवाद र फासीवादलाई परास्त गर्न कठिन हुने औंल्याउँदै जनतामा संगठन स्थापना गर्न जानु पर्ने,जनतासँगको सम्बन्ध बलियो र कसिलो बनाउन पर्ने कुरामा जोड दिइएको थियो । कार्यक्रममा विश्वभरका समाजवादी पार्टीहरुले आधुनिक प्रविधिको सूचना तथा प्रविधिको अत्यधिक प्रयोगमा जोड दिइएको थियो ।
कार्यक्रममा नेपालबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल , नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) ,नेपाली कम्युनिष्ट पार्टीले भाग लिएका थिए । कार्यक्रमको अन्तमा प्रस्तुत दस्तावेजहरुको संश्लेशण गरिएको थियो । अन्तर्राष्ट्रिय ऐक्यबद्धता जनाइएको थियो । कार्यक्रममा नेपाल सहित जापान , इराक, फिलिपिन्स, केन्या , पयलेष्टाइन, पाकिस्तान, कुर्दिस्थान, टर्की,जर्मनी, लगायतका देशहरुबमे सभागिता रहेको थियो ।
सोही कार्यक्रमको सन्दर्भमा वैज्ञानिक समाजवादका लागि साम्राज्यवाद र फासीवाद विरुद्धको संघर्ष भन्ने मूल नाराका साथ क्रान्तिकारी साँस्कृतिक कार्यक्रम भएको थियो । राष्ट्रिय जनतान्त्रिक मोर्चा फिलिपिन्सको संयोजनमा भएको सो कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाली कम्युनिष्ट पार्टी र नेकपा (माओवादी)को आयोजना रहेको थियो । कार्यक्रममा नेपाली क्रान्तिकारी साँस्कृतिक संगठनहरुको गीत,नाँच तथा अभिनयको बेजोड प्रस्तुति रहेको थियो । २ घण्टा चलेको सो साँस्कृतिक कार्यक्रममा अन्तर्राष्ट्रिय ऐक्यबद्धताकोलागि प्रतिबद्धता जनाइएको थियो ।कार्यक्रममा रक्तिम परिवार, सामना परिवार ,सामना परिवारको सहभागिता रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित