काठमाडौँ । तीन किसान संगठनहरूले “सुकुम्बासी –अव्यवस्थित बसोबासी माथि सरकारको दमन नीति र निकास” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । आगामी जेष्ठ २७ गते दिउँसो १२ : ३० बजे हुन थालेको उक्त कार्यक्रममाको क्रान्तिकारी किसान महासंघ नेपाल , अखिल नेपाल प्रगतिशील किसान संगठन र अखिल नेपाल किसान महासंघ (अप्फा) सहित तीनवटा किसान संगठनहरु अन्तरक्रियाका आयोजक रहेका छन् । योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षैत्री, अर्थशास्त्री डा. डिल्लीराज खनाल, सुकुम्बासी –अव्यवस्थित बसोबासी पीडितहरुको तर्फबाट इन्द्र राउत , किसान संगठनका नेताहरु लगायतले विचार राख्ने कार्यक्रम रहेको छ ।
लगायतले विचार राख्ने कार्यक्रम रहेको छ ।
Comments

