काठमाण्डौ । प्यालेष्टाइनी भूमि गाजामा मारिनेहरुको संख्या निरन्तर बढ्दै गएको छ । गाजामा मारिनेहरुको संख्या ७२ हजार ९ सय ८८ पुगेको छ भने घाइतेहरुको संख्या १ लाख ७३ हजार २ सय ५ जना पुगेको प्यालेष्टाइनी समाचार एजेन्सी वाफाले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु हनुका साथै ३४ जना घाइते भएका छन् । सन् २०२५ अक्टोबर ११ देखि गाजामा युद्धविरामको घोषणा भए पनि युद्धविराम घोषणा भएको समयदेखि यताको समयमा ९सय ७८ जना मारिनुका साथै ३ हजार ९७ जना घाइते भएका छन् । चिकत्सकहरुका अनुसार भग्नावशेषहरुमा अझै मृतकहरु पुरिएका छन् उद्धार कार्यमा कठिनाइ भइरहेको छ । इजरायलले गाजामा युद्धविराम लागू भए पछि पनि निरन्तर आक्रमण जारी राखेको छ । हमासले २०२३ अक्टोबर ७ मा आक्रमण गरे यता हमास सक्ने भन्दै निरन्तर आक्रमण गरेको थियो । अमेरिकी सहयोगमा प्यालेष्टाइनमा आक्रमण जारी राखेको इजरायलले इरानमा पनि संयुक्त आक्रमण गरेको थियो ।
गाजामा मारिनेहरुको संख्या निरन्तर बढ्दै
Comments

