१९१७ को रुसी अक्टोबर क्रान्ति र १९४९ मा सम्पन्न चिनिया“ क्रान्ति एउटै विधिबाट भएका हुन् ?

शालिकराम भण्डारी
अह, त्यसो भएन, विचारधारा (क्ष्मययिनथ) एउटै थियो क्रान्ति सम्पन्न फरक फरक ढंगले भयो । दर्शन, अर्थनीति र राजनीति आउने थलो एउटै रह्यो । कार्य पूरा गर्न छुट्टाछुट्टै चाल चल्नु प¥यो । यसै सिद्धान्तलाई हाँक्ने संस्थापकहरुले आफ्नो मुख्य कृति “कम्युनिस्ट पार्टीको घोषणपत्र” मा पहिले नै भनिसकेका छन् । सबै कुरा देशको परिस्थितिमा भर पर्छ । ती थिए दर्शनको गढ भएको देश जर्मनीका कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स २ वर्षका जेठा कान्छा एउटा १८१८ र अर्का १८२० आजसम्म सामाजिक विज्ञानमा दार्शनिकहरुले गर्न नसकेको खोज एंगेल्सको सदा साथी माक्र्सले गरी भ्याए ।
दर्शनमा द्वन्द्ववाद भौतिकवाद, ऐतिहासिक भौतिकवाद ल्याएर आजसम्म एकछत्र प्रभुत्व जमाई राखेको आध्यात्मवादी आर्दशवादी विचारको जरो काटिदिए । त्यो दर्शन कल्पनामा सोचमा मात्र आधारित भएको सावित गरिदिए । त्यसबेलासम्म अर्थतन्त्रमा भएको व्यवस्थालाई आफ्नो महत्वपूर्ण ग्रन्थ पुँजी लेखेर समाज आर्थिक रुपले वर्गमा विभाजित भएको देखाईदिए। पुँजी र श्रमको भिन्नता देखाएर पुँजी कमाउने साधन एक मात्र श्रम अतिरिक्त श्रमको शोषण मात्र हो भन्ने सावित गरिदिए । जसलाई आजसम्मका पुँजीवादी अर्थशास्त्रीहरुले असत्य प्रमाणित गर्न सकेका छैनन् । यस शोषणमा आधारित समाजलाई व्याख्या मात्र गरेर छाड्ने कि यसमा केही हेरफेर गर्ने सम्बन्धमा माक्र्सले हेरफेर गर्न पर्छ भन्नेमा जोड दिए । त्यो भनेको आजसम्म शोषित वर्ग सर्वहारावर्गको हातमा सत्ता थामी दिनु शोषणकारी शक्तिलाई सर्वहारामा रुपान्तरण गर्नु– सामन्तवादी, पुँजीवादी समाजलाई समाजवादमा लैजानु । जहाँ कसैले कसैलाई शोषण, दमन गर्न पाउँदैन । यस कार्यमा माक्र्सलाई फ्रान्सवाट ठूलो शिक्षा मिल्यो –उनले आफै व्यक्त गरेका छन् ।
फ्रान्समा जागृतवर्गसंघर्ष, जनसंघर्ष जसले निरंकुश राजतन्त्र फ्याँकी पुँजीवादी गणतन्त्र ल्यायो । पछि १८७१ मा सर्वहारावर्गले त्यो गणतन्त्र फाली जनगणतन्त्र समाजवादी गणतन्त्र केही समयको लागि हात पा¥यो । जसलाई पेरिस कम्युन भनिन्छ । यसैगरी आर्थिक क्षेत्रमा भएको भिन्नता असमानताको अध्ययन बेलायतमा गरेका थिए ।यसरी यो आश्चर्यजनक खोजबाट माक्र्सवादको खोल ओढेकाहरु प्रशस्त निस्के । त्यसलाई विकृति गर्न संशोधन गर्न नष्ट गर्नेको ओइरो लाग्यो तर पनि पराजित भए हुँदैछन् । यी २ पुरुष एउटा १८८३ र अर्का १८९५ मा सदको लागि विदा भए ।
पछि माक्र्सवादको पहिलो प्रयोगकर्ता रुसी कम्युनिस्ट पार्टी र त्यसका नेता भि.आई.लेनिन अगाडि आए । सम्पूर्ण कार्यभार उनैको काँधमा आइप¥यो। १९१७ को अक्टोबर क्रान्ति जसले त्यस समाजलाई सिधै समाजवादतिर लग्यो । यात्रा गर्दा बाटोमा धेरै सैद्धान्तिक व्यवहाििरक कठिनाईहरु भोग्नुप¥यो । १९०३ मा भएको रुसी कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा भएभरको देशी विदेशी दक्षिणपन्थी संशोधनवादीहरु माक्र्सवादको मूल तत्व नष्ट गर्ने भएभरको शक्ति लगाए । तर लेनिनको दृढता अगाडि तिनको कठोर परिश्रम असफल भयो ।
अधिवेशनमा लेनिनवादीहरुको विजय भयो । सैद्धान्तिक, वैचारिक संघर्षमा विजय प्राप्त गरेका २ वर्ष भित्र १९०५ मा आर.सि.पि. र समस्त जारविरोधीहरुको निर्णय अनुसार १९०५ मा सशस्त्र युद्ध थालियो । तर त्यसबेलाको शक्तिशाली शासक र उसको गठबन्धनले युद्ध हराई छाडे यो युद्ध १९०७ सम्म टिक्यो । त्यस समयमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै अप्रिय, जनविरोधी घटनाहरु घट्दै जान लागेका थिए । विश्व एकाधिकार पुँजीवादको साम्राज्यवादी नीति र ती देशका आपसी अन्तरविरोधले गर्दा कतै सुख, चैन र शान्तिको वातावरणदेखिदैनथ्यो । विश्व बजार हड्प्ने दाउमा सबै लागि परेका थिए । तिमीहरुको आपसी हानथापले गर्दा युद्धको घोषणा भै छाड्यो । यो युद्ध १९१४ मा सुरु भै १९१८ मा समाप्त भयो । युद्ध गर्ने २ गुट एउटाको अगुवाई जर्मन अर्काको नेतृत्व यूरोपका अन्य देश बेलायत, फ्रान्स र अमेरिकाले गरेका थिए । यस युद्धमा जापान, बेलायत अमेरिकी गुटतिर संलग्न थियो । यसलाई प्रथम विश्व युद्ध भनिन्छ । आफ्नै वरिपरि ठूलाठूला युद्धहरु हुँदाहुँदै पनि रुसको क्रान्ति सम्पन्न गर्न लेनिन र उनको पार्टी पटि परेन, धैर्यता गुमाएन , बचकानापन देखिएन । उग्रता पनि प्रदर्शन गरेन, क्रान्ति विचलित भै सुदृढतापूर्वक आफ्नो आन्तरिक युद्धलाई निरन्तरता दिंदै गयो । फलस्वरुप कम्युनिस्ट पार्टी र अन्य जार विरोधी पुँजीवादी पार्टी मेनसेभिक समेतको संयुक्त संघर्षले १९१७ को फेब्रुअरीमा निरंकुश सम्राटलाई गद्दीबाट हुत्ताईदिए । पुँजीवादी र दक्षिणपन्थी संशोधनवादीहरु फेब्रुअरी क्रान्तिलाई ठूलो उपलब्धि मान्दथे, उद्देश्य पूरा भएको ठान्दथे । तर रुसी कम्युनिस्ट पार्टी र त्यसका नेता लेनिनको सर्वहारावर्गको हातमा सत्ता सौपनु नै लक्ष्य, राजनीति थियो । फेब्रुअरी क्रान्तिलाई सर्वस्व ठान्ने र त्यसलाई फालेर नयाँ व्यवस्था ल्याउने बीच संघर्ष रोकिएन । आखिरमा ८ महिना पनि पुग्न नपाउँदै सर्वहारावर्गले फेब्रुअरीको पुँजीवादी क्रान्तिको हातबाट सत्ता खोस्न सफल भयो, यही नै अक्टोबर क्रान्तिको यहाँबाटै नै रुसमा समाजवादी क्रान्तिको थालनी भएको छ । त्यसबेला नरसंहारकारी प्रथम युद्ध अन्त्य भएको थिएन । लेनिन र उनको पार्टीको मुख्य समस्या भनेको नै त्यो उपलब्धीलाई जोगाई राख्नु घुनपुतलो लाग्न नदिनु थियो । लेनिनको सुझबुझ र समझ्दारीले त्यस्तो केही दुर्घटना हुन पाएन । बरु युद्धमा संलग्न दुवै गुटलाई युद्ध अन्त्य गर्न शान्ति सम्झौतामा हस्ताक्षर गर्न प्रेरित ग¥यो । युद्ध पनि टुंगियो । रुसलाई पनि आफ्नो समाजवादी कार्यक्रम पेश गर्न सजिलो भयो ।
लेनिन धेरै बाँच्न पाएनन्, कतिपय कारणले गर्दा १९२४ मा उनको निधन भयो । त्यसपछि उनका निकटतम सहयोगी जेभि स्टालिनले सबै कार्यभार सम्हाले । यिनलाई रुसमा लौहपुरुष भनिन्छ । यिनले रुसमा समाजवादी किल्ला बलियो बनाए । अन्तर्राष्ट्रिय क्षेत्रमा माक्र्सवादी लेनिनवादी सिद्धान्त प्रचारप्रसार गर्न ती देशमा कम्युनिस्ट पार्टी गठनमा सक्दो सहयोग गरे । प्रेरित गरे । रुसी लाल किल्लालाई रक्षक अवस्थाबाट साम्राज्यवादी शक्तिसँग सामना गर्न सक्ने शक्तिमा देखा परे धेरै जसो क्षेत्रमा आक्रमक अवस्थामा पनि पुराउन सफल भए । एकाधिकार पुँजीवादी शक्ति अर्थात् साम्राज्यवादीले विश्व आशाको केन्द्र आफूतिर बनाई रहेको बेलामा रुसमा सफल भएको समाजवादी क्रान्तिले आशाको केन्द्र त्यसतर्फ मोडिदियो ।
विश्व जनमतले साम्राज्यवादलाई घृणा गर्न थाले । समाजवादलाई हार्दिक स्वागत हुन थाल्यो । समाजवाद भनेको त राजनीति मात्र होइन रहेछ ।आधारभूत कुरा आर्थिक हो छ, बुभ्mन थालियो । आधारभूत वर्गको रक्षक व्यवस्था नै समाजवाद भएको रुसी र अन्तर्राष्ट्रिय जनमतले बुझे । समाजको गाडी यसरी हाँक्दाहाँक्दै एकाएक स्टालिनको १९५३ मा मृत्यु भयो । उनीपछि अति दक्षिणपन्थी संशोधनवादीहरुले राज जमाए । समाजवादको उच्च शिखरमा पुगेको रुसलाई ती धोकेबाज जस्को पहिलो नेता देखा परेको खुश्चेव थियो । पतनको दिशातर्फ लगियो । ४ दशक पनि नपुग्दै अन्तिम माक्र्सवाद, लेनिनवाद, समाजवादी व्यवस्था प्रति बेइमान ब्रेझनेभले अमेरिकी नेटो साम्राज्यवादी गुटको पाउमा आजसम्मका आश्चर्यजनक उपलब्धिलाई समर्पण ग¥यो । रुसी क्रान्तिको सत्यानास भयो ।
रुसी क्रान्ति एकै चोटी समाजवादतिर कसरी जान सक्यो । अन्य सबैदेशमा पनि सम्भव छ ? यी प्रश्न अति महत्वपूर्ण छन् । गहिरो अध्ययन, विश्लेषण, संश्लेषणको अभावमा छुटाउन सकिंदैन –ती मध्ये केही तल देखाइएको छ (१) रुस पुँजीवादमा लम्किसकेका थियो । (२) पुँजीवादविरुद्ध लड्न सर्वहारावर्गको सेना तयार भैसकेको थियो । (३) उ कुनै राष्ट्रको अधिनमा थिएन –स्वतन्त्र थियो । (४) त्यहाँ ठूलाठूला पुँजीपतिवर्गको रक्षक निरंकुश सम्राट थियो–जसको नेतृत्व वंशीय संस्था जारले गर्दथ्यो । (५) बरु त्यो देश साम्राज्यवादी कोटीमा प्रवेश गरिसकेको थियो । सर्वहारावर्गको क्रान्ति सफल हुनुमा यी सब कारण हुन् ।
तर अन्य औद्योगिक क्रान्ति हुन नसकेका सामन्तवादी अर्थ व्यवस्थाले जरा गाढेका देशमा समाजवादमा जाने सर्वहारा क्रान्ति वातावरण बनिसकेको हुँदैन । जस्तो चीन–चिनी कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व माओ–त्सेतुङको कठोर परिश्रमले समाजवादमा पुग्न सक्यो । क्रान्ति भन्दा पहिले त्यस्तो थिएन । यो विशाल जनसंख्या र क्षेत्रफल भएको देश भुरेटाकुरे सामन्ती युद्ध सरदारहरुले निरंकुश शासन चलाउँथे–कुनै ठूला कुनै साना थिए । त्यस सुनौलो बजार कब्जा गर्न औपनिवेशिक साम्राज्यवादी शक्ति आपसमा तछाड मछाड गरिरहन्थे । बेलायत, अमेरिका, जापान अग्रपंक्तिमा थिए । बेलायतले चिनी जनतालाई लठ्ठ पार्न बेहोस् बनाउन र त्यसै देशमा मनपरि गर्न १८४० मा अफिम युद्ध थालनी ग¥यो । तिब्बतकोे बाटो हुँदै भारतमा उब्जाएको अफिम चीन पुराउन लागियो–यो व्यापार १९४९ जुन बेला चीन पूर्णरुपले मुक्त भयो । त्यसबेलासम्म जारिरह्यो अर्थात् १०९ वर्षसम्म । हङकङ , मकाओ पहिले नै बेलायतले सन्धि मार्फत् आफ्नो कब्जामा पारिसकेको थियो । अमेरिका पनि एउटा प्रमुख रचनाकार थिँदै थियो । पश्चिम देशमा प्रशिक्षित निर्देशित चिनी युवा चीनमा पुँजीवादी गणतन्त्र प्राप्त गर्न कम्मर कसे । संघर्ष गरेर समस्त भुरेटाकुरे राज्यलाई परास्त गरी चीनलाई गणतन्त्रात्मक मुलुक घोषित गरे । ती मध्येका अलि उद्धार प्रजातान्त्रिक विचार भएका डा. सनयात सेन प्रथम राष्ट्रपति बने । यो घटना १९११ को हो । यत्तिकैमा १९२१ मा चिनी कम्युनिस्ट पार्टीको जन्म भयो । लगत्तै १९२४ मा त्यसले सामन्तवाद र साम्राज्यवादको विराधेी सशस्त्र आक्रमण ग¥यो । देशी विदेशी विरोधीहरुको गठबन्धनले त्यसलाई परास्त गरी छाडे ।
१९२७ देखि १९३६ सम्म पार्टीले शक्ति संचय गर्ने आधार इलाका निर्माण गर्ने तिर मात्र लाग्यो । त्यसबेला समस्त पार्टी र यसको नेतृत्व माओत्सेतुङलाई आत्मविश्वास हुन गयो र जापान विरोधी युद्ध सुरु गर्ने निर्णय गरियो । यो युद्ध लगातार ९ वर्ष –१९४५ सम्म चल्दै रह्यो । आखिरमा चिनी सर्वहारावर्गको नेतृत्व गरिव किसान सम्पूर्ण शोषित पीडित जनताको संयुक्त परिश्रमले त्यसलाई हार्नु प¥यो । अपमानित भएर आफ्नै देशमा फर्किन प¥यो । चिनी जनताको स ंघर्षलाई टेवा मिल्नुको कारण रुसी समाजवादी सरकारको ठूलो सहयोग दोस्रो विश्वयुद्धमा साम्राज्यवादी सरकारको बीचमा शान्ति सम्झौता हुनु पनि थियो । जसको मध्यस्थता, प्रमुख भूमिका स्टालिनले निर्वाह गरेका थिए ।
विश्वयुद्धमा चिताएनुकुल हुन नसके पनि केही कमजोरी महशुस भए पनि जापान लगायत दुवै युद्धमा संलग्न गुट रुस र चीनको शक्ति बढेको पनि देख्न चाहँदैनथे । त्यसैले चीनलाई स्वतन्त्र मुक्त भएर बस्न दिएनन् । कोमिनताङ पार्टीका उदार नेता जसको झुकाव रुसी कम्युनिस्ट पार्टी र चिनी पार्टी ज नताप्रति थियो उनीपछि उनकै पार्टीको नेता चेङकाइसकेकले नेतृत्व गरेको थियो, उसलाई र सबै प्रतिक्रियावादीलाई बेलायत अमेरिकी गुटले चीनमा गृहयुद्ध गर्न उकास्स्यो, उचाल्यो परिणाम चार वर्षसम्म युद्ध लम्बियो । सिपिसि र देशभक्त जनतासँग टक्कर लिन सकेन चीनकै भूमि एउटा सानो टापुमा भागेर गैबसेको छ । त्यो टापुलाई ताइवान भनिन्छ । च्याङकाइसेकका भित्र साम्राज्यवादी शक्तिहरुले हर तरहको सहयोग गरेर पालेर राखेका छन् । चीन विरुद्ध लड्ने आधार इलाका बनाएका छन् । यसरी १९४९ मा चीन पूर्ण रुपले मुक्त भयो । जसरी अक्टोबर क्रान्तिपछि रुसमा समाजवादी गणतन्त्र स्थापित हुन सक्यो, चीनको स्थितिले गर्दा (जस्तो माथि उल्लेख गरिसकिएको छ ।) असमर्थ भयो । त्यहाँ त जनगणतन्त्र मात्र सम्भव भयो । किनकि रुसमा समाजवादी जनवाद कायम हुन सक्यो, त्यहाँ उद्योग कृषि व्यापारबाट निजी लगानी राज्यले छिन्न सक्यो ।
जनताको हित निम्ति प्रयोग गर्ने वातावरण सिर्जना ग¥यो । गास, बास, कपास, रोजगारी, शिक्षा, स्वास्थ्य, यातायात जनउपयोगी बनाउन कुनै कठिनाई परेन, सबै सर्वसुलभ गराउन निजी सम्पत्ति मात्र बाधक भएको प्रमाणित गरियो । अर्कोतिर चीनमा आर्थिक पछौटेपन थियो । सामन्तवाद नोकरशाही पुँजीवाद र दलाल पुँजीवादको ठूलो पकड थियो । सबै क्षेत्रमा राज्यको भूमिका त्यति सक्रिय हुन सक्दैन थियो । राष्ट्रिय पुँजीको उपयोग गर्नुपर्ने आवश्यकता देखियो। यी सबै उद्योेगी पुँजीपतिलाई नियम कानुन अन्तर्गत रही आफ्नो कारोबार संचालन गर्ने सुविधा दिइयो । किनकि देशलाई आफ्नै पुँजीको खाँचो थियो । अन्य शक्तिको भरपर्दा राष्ट्रिय स्वाधिनता स्वतन्त्रतामाथि हानिकारक भएको देखिएकै छ । बहुसंख्यक जनताको हित अति अल्पसंख्यकबाट माथि नियन्त्रण गर्न सकेका मात्र सुस्तसुस्त समाजवाद प्राप्त हुन सके नीति कम्युनिस्ट पार्टीले पहिले नै निर्धारण गरिसकेको थियो । पुँजीवादी जनवाद पुँजीवादी गणतन्त्रले भिन्नता, बेरोजगारी, गरिबी एकातिर ऐस आराम, मनपरी , धनको थुप्रो राज्यका सबै अंगमा नियन्त्रण राख्न सक्ने शक्ति, समाज, संस्कृति, विचार, दर्शन धर्मको आडमा शोषण, दमन गर्नमा कुनै बाधा अवरोध हुन नसक्ने अवस्था अर्कोतिर भएको थाहा भयो ।
त्यसैले ती सबै स्थितिको मूल्यांकन गरेर त्यसबेलाको चीनमा एकैचोटी समाजवादमा पुग्न नसकिने नयाँ जनवाद हुँदै मात्र सम्भव हुने चिनी कम्युनिस्ट पार्टी त्यसमा नेता माओ–त्सेतुङद्वारा निर्णय गरियो । यसरी नै चीनले समाजवाद प्राप्त गरेको हो । पुँजीवादी गणतन्त्र पछि समाजवादी गणतन्त्र पुँजीवादी देशमा पुँजीवादी गणतन्त्रपछि जनगणतन्त्र नयाँ जनवाद त्यसपछि मात्र समाजवादी गणतन्त्रका अविकसित देशमा विधिको फरक भनेको नै यही हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित