इरान –अमेरिका युद्धविरामको घोषणा

काठमाण्डौ । अन्ततः इरान–अमेरिका युद्धविराम गर्ने सहमतिमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानका कैयौं शर्तहरुमा सहमति जनाउँदै युद्धविराम गर्ने सहमति भएको समाचारहरुमा जनाइएको छ । आगामी शुक्रबारसम्म स्वीजरल्याण्डको जेनेभामा विस्तृत शान्ति सम्भौता गर्न दुवै देश सहमत भएको समाचारहरुमा जनाइएको छ । हर्मुज नाका खोल्ने, इरानको रोकिएको २४ अर्ब डलर फुकुवा गर्ने , अमेरिका र उसका सहयोगी राष्ट्रहरुले इरानको पुर्नसंरचनाकोलागि ३०० अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने , इरानले आणविक कार्यक्रम रद्द लगायतका विषयहरु शान्ति सम्झौता हुने जनाइएको छ । इरानका विदेशमन्त्री सेएड अब्बास अर्घाचीले मंगलबार तेहरानमा आयोजित कुटनीतिज्ञ ,राजदूत तथा अन्तर्राष्ट्रिय मिसनहरुसँगको बैठकलाई सम्बोधन गर्दै इरानको पहिलो ध्यान इरानमाथि लादिएको युद्धको अन्त्य गर्ने र हर्मुज नाका खोल्ने रहेको बताइएको छ । बैठकलाई सम्बोधन गर्दै अर्घाचीले इरानको तर्फबाट संसदका सभामुख मोहमद ग्यालिफ र अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्सले सहमति गर्ने बताएका छन् । बैठकमा आणविक कार्यक्रमको विषय अन्तिमको विषय हो भनेर छलफल भएको समाचारमा जनाइएको छ । बैठकमा लेवनान सहित त्यो क्षेत्रको नै युद्धको अन्त्य हुनु पर्ने कुरामा इरानले ध्यानदिनु आवश्यक रहेको समेत बताइएको छ ।
इरानमाथि पूर्ण जितको योजनासहित युद्धमा होमिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः खाली हात फर्किन बाध्य भएका छन् । २०२६ फ्रेब्रुअरी २८ देखि अमेरिका र इजराइलले इरानमाथि संयुक्त रुपमा आक्रमण गरेका थिए । इरानमाथि आक्रमण भएसँगै इरानले कतार,दुवई साउदीअरब लगायतका देशहरुमा रहेका अमेरिकी बेस क्याम्पहरुमा भीषण आक्रमण गरेको थियो । अमेरिका– इजरायल आक्रमण पछि इरानको तेल निर्यात नाका स्ट्रेट अफ हर्मुजमा निकै तनाव भएको थियो । तनावको कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा अत्यधिक वृद्धि भएको थियो । इरानको सभ्यता ४८ घण्टाभित्र सिध्याउने धम्की दिएर इरानलाई अमेरिकासामु आत्मसमर्पण गर्न धम्की दिँदा पनि इरान धम्की सामु नझुकेर लडेको थियो ।
तीन महिनासम्मको युद्धमा अमेरिकाले कल्पना नगरेको क्षति बेहोरेको विश्लेषकहरुको भनाइ रहेको छ । मध्यपूर्वमा भएका सबै अमेरिकी बेस तहसनहस भएको अमेरिकाले उन्नत दाबी गरिएका एफ–१६, एफ – ३५, अपाचे हेलिकोप्टर, एमक्यू ड्रोन इरानी सेनाले ध्वस्त बनाएको, पेट्रिएट, थार्ड जस्ता एयरडिफेन्स सिस्टम पनि इरानी मिसाइलको अगाडि काम नगर्ने भएकालेआफ्नो मिसन पूरा नहुने देखेपछि ट्रम्पले जीत भएको भन्दै सहमति गर्न बाध्य भएको विश्लेषकहरुको भनाइ रहेको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित