झुट,भ्रम र नैतिकता

 

– किसन बहादुर

भ्रम, झुटले स्थापित गर्ने राजनीति गलत हो । जसभित्र काल्पनिक, बनावटी, कृत्रिम, चेतनाजन्य विवेक बन्धकमा रहन्छ । भ्रमले यथार्थलाई गलत किसिमले प्रस्तुत गर्न सिकाउँछ, तमाम मानिसहरू झुठो तमासाभित्र रुमलिएका हुन्छन् । हाम्रा इन्द्रियलाई सत्य र यथार्थबाट टाढा राख्न गरिने कुनै पनि तौर तरिका भ्रम हुन जसको महत्त्वपूर्ण साधन भनेको झुट हो । हामिले १० देखि १३ सेप्टेम्बर २०२३ फरिदावादमा आठौँ सम्मेलन सम्पन्न गरेका थियौं। उक्त सम्मेलनले देब बहादुर लामिछाने अध्यक्ष निर्वाचित गरेको थियो। देब बहादुर लामिछाने महिना दिन न वित्दै घर जानु भयो। कार्यवाहक अध्यक्ष सुर्य पुन नियुक्ति गरियो। उहाँ कै नेतृत्वमा ७ जुलाई २०२४ का दिन अखिल भारत प्रवासी नेपाली एकता समाज बीच हैदराबादमा एकता अधिवेशन सम्पन्न भएको थियो जसको अध्यक्ष आनन्द थापा ले गर्नु भएको छ। वर्तमान अध्यक्ष पनि आनन्द थापा नैं हुनहुन्छ। यो कसैबाट लुकेको छैन तर बिडम्बना त के देखियो भने नैतिकहिन ब्यक्तिहरूले आफु अनुकुल समिति नभए पछि ब्यक्ति चरित्रहत्या गर्ने फेसबुक संजालमा दोसपूर्ण अभिब्यक्ति दिने जस्ता अमानविय व्यवहार गर्ने गरेका छन् तर यो उनिहरुको नैतिकहिन पराकाष्ठ हो। राजनीतिमा बिचारको अभिव्यक्ति दिने स्वतन्त्रता छ। तर कसैको चरित्रहत्या गर्ने स्वतन्त्रता कसैलाई छैन ।

आर्को कुरा केहो करनदयालले बारम्बार हेक्का रहोस् भन्ने शब्दावली प्रयोग गर्नु भएको छ। उहाँले हेक्का को मतलब बुझ्न भएको छ कि छैन यदि बुझेको हो भने किन लेख्न हुन्थ्यो होला कुनै पनि संगठन बिभाजन हुन स्वभाविक नै हो। तर त्यो संगठन विभाजित भएमा बहुमत सदस्य भएको समिति नैं बैधानिक हुन्छ। उदाहरणका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बाट बिभाजन हुने बेलामा पनि उहाँ संग बहुमत भएकै कारण मूल प्रवाह मा भएको सामुहिक संपत्ति हामिले पाएनौँ तर करन दयालले देब बहादुर लामिछाने सम्पत्ति हामिले हरण गरेको छ भने जस्तै उदाहरण दिनुहुन्छ। हामी चुनौती दिन चाहान्छौं हिम्मत छ भने तपाईंहरू केस गरेर देखाउ त्यसको मुकाविला गर्न हामी तयार छौं। नत्र यस्ता हर्कत न गर्न फेसबुक संजालमा आक्रमक व्यवहार गर्न, राजनैतिक सौदाबाजी गर्न इतिहासलाई धाराशायी पार्न विद्वान्लाई मूर्ख बनाउन वा मूर्खलाई विद्वान् बनाउन झुटको साहारा अत्यावश्यक छ । झुट वा छलको साहाराले भ्रम सिर्जना गरी ठीक र बेठिक, राम्रो नराम्रो, असल र खराब, विद्वान् र मूर्ख खुट्याउन नसक्नु, भ्रममा विचरण गर्नु र आफ्ना धारणाहरु बनाई खुसी वा दुःखी हुनु मानिस रुपी सामाजिक प्राणीका दिनचर्याबन्ने गरेका छन् ।झुटरुपी दिव्य रसले भ्रमित भएका कान नछामी कागतिर दौडिने प्रवृत्तिका यावत जीवित र भ्रमित यायावरहरू यथार्थ र वास्तविकताको धरातलमा खडा हुन अवश्य समय लाग्ला तर ढिलो चाडो सम्भव भने पक्कै छ ।

अब लागौँ यथार्थता भन्ने विषय तर्फ । यथार्थवाद दर्शनको विषयवस्तु भए पनि यथार्थता सामान्य अनुभव, चेतना र अध्ययनको विषय हो । अझ सहज रूपमा यथार्थवाद कुनै वस्तु, पदार्थ घटना आदिलाई बुझ्ने अनि अनुभव गर्ने पद्धति हुन सक्छ तर यथार्थता ती वस्तु वा पदार्थलाई ग्रहण गर्ने वा आत्मसात गर्ने कार्य हो ।

त्यसैले यथार्थवाद सापेक्ष हो तापनि यथार्थता निरपेक्ष हुनु जरुरी छ । व्यक्ति विशेषको ऐतिहासिक, राजनैतिक धार्मिक, भाषिक, सामाजिक आदि धरातल फरक फरक हुने हुँदा उसले देख्ने बुझ्ने, सुन्ने अध्ययन गर्ने जस्ता कार्यहरू पनि फरक फरक हुन्छन् । समय चक्र सँगै उसका जीवन पद्धति र सैद्धान्तिक बाटाहरु समाज सापेक्ष हुन्छन् । निरपेक्ष रहन सक्दैनन् । यही मूलभूत यथार्थलाई आत्मसात् गर्ने हो भने हामीले झुट र भ्रमको साहारा विना नै देश र समाज बदल्न सक्छौँ ।झुटको साहाराले समाजलाई दिग्भ्रमित पार्नु र भ्रमको आवरणमा रमाउनु सुखद कुरा होइन । भ्रममा पर्ने धेरै कारण मध्ये सशक्त कारण मनोविज्ञान पनि हो । एउटा असत्य कुरालाई सयौ मानिसले विभिन्न माध्यमबाट दोहो्र्‍ याउने हो भने त्यो सत्य साबित गर्न धेरै समय नलाग्दो रहेछ ।

तर झुट र भ्रमको बादल हटाउन यथार्थ बुझाउन, सुझाउन बुझ्न र मनन गर्न अति धेरै प्रयत्नको जरुरत पर्दछ । हाम्रा दैनिक जीवनमा घटित घटना, परिघटना समेत भ्रमबाट टाढा रहन नसक्ने हुँदा हामीले चाहेको समाज निर्माणमा बाधा पुगेको छ । हाम्रा सिद्धान्त, दर्शन, राजनीति, इतिहास सबै भ्रम र यथार्थको असन्तुलित, प्रयोगिक तथा प्रायोजित विषय बन्न पुगेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित