कृत्रिम अभावको अन्त्य गर

अहिले पश्चिम एशियाली देश इरानमा माथि अमेरिका तथा इजरायलबाट भएको आक्रमणको कारण बजारमा पेट्रोलियम पदार्थमा अभावको सिर्जना हुन पुग्यो । पेट्रोलियम पदार्थमा अभाव सँगै मूल्यवृद्धि भए पछि नेपालमा पनि त्यसको गम्भीर असर प¥यो । त्यो असर अहिले पनि कायमै छ । यो बेला सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिलाई देखाउँदै अत्यधिक मूल्य वृद्धि भएको छ । बजारमा कालोबजारी बढेको छ । खाना पकाउने ग्यासको अभाव भएको छ । उपभोक्ताहरुले महंगो मूल्यमा खाना पकाउने ग्यास किन्न समेत पाइरहेका छैनन् । सरकारले ग्यासको अभाव छैन भन्दै स्पष्टीकरण दिएको छ तर बजारमा खाना पकाउने ग्यासको अभाव सिर्जना भएको छ । कालोबजारी तथा महंगीको मारमा जनता थलिएका छन् । विचौलिया ,कालोबजारीमाथि सरकारको निगरानीको अभावको कारण बजार अत्यन्तै महंगो भएको छ । महंगी बढेको देखाउँदै शहरमा कोठाभाडा बढेको छ । जुन कुनै सरकार आएपनि कोठभाडाको विषयमा निगरानी गर्ने र मापदण्ड कायम गर्न सकेको छैन । कोठाभाडाको मापदण्ड कायम नहुँदा भाडामा बस्नेहरुको दैनिकी असहज हुँदै गएको छ ।
कालोबजारी तथा महंगीलाई नियन्त्रण गर्न सरकार असफल भएको छ । सरकारले जनतालाई राहत होइन आहत दिएको छ र कालोबजारीले थलिएका जनतालाई नयाँ आर्थिक वर्ष शुरु भएसँगै करको चर्कोभारले थिचेको छ । यसको प्रत्यक्ष असर सर्वसाधारण जनतामा परेको छ ।
जनताले नयाँ सरकारले आफुले गरेको बाचा सुशासन स्थापित गर्न सकेको छैन । सर्वसाधारण जनता कालाबजारीले सिर्जना गरेको कृत्रिम अभावले गर्दा खाना पकाउने ग्यास किन्दा घण्टौं लाइनमा लाग्नु पर्ने स्थिति सिर्जना भएको छ । सरकारले बजारमा सिर्जना भएको कृत्रिम अभावलाई हटाउन सकेको छैन भने उपभोक्ताहरुलाई सहजता प्रदान गर्न सकेको छैन ।महंगीले सर्वसाधारणको चूल्हो बल्न धौ भइरहेको अवस्था छ । सरकारले आर्थिक वर्ष २०८३ ÷२०८४को बजेटमा ५० युनिट भन्दा धेरै बिजुली खर्च गर्ने उपभोक्ताहरुलाई बिजुली खपतमा कर लगाउने घोषणा गरेको छ ।बिजुलीमा कर लगाउँदा उपभोक्ताहरुलाई निकै नै मार परेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै बजारमा वृद्धि भएको महंगी चरम छ । खाद्यान्न,यातायात भाडा देखि लिएर सबैको एकाएक भाडा बढेको छ । इरानको समस्यालाई लिएर यातायात व्यवसायीहरुले बढाएको भाडा घट्न सकेको छैन । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले पनि खाद्यान्न ,तेल दलहनको मूल्य आकाशिएको छ । विगतमा बढेको मूल्य घट्दै नघट्ने तथा घटे पनि एक दुई रुपिया मात्रै घट्ने गर्दछ । यसले आम उपभोक्ता तथा गरिब दुःखीहरुको ढाड सेकिएको छ ।
खाद्यान्न,यातायात, भाडा,औषधी उपचार सबैको मूल्य बढेको छ । चाडबाडको समयमा महंगी आकाशिने गर्दछ । यही मौका छोपेर कालोबजारियाहरुले कालोबजारी गरेका छन् । विचौलियाको रोकथाम गर्ने उपभोक्ता अर्थात जनतालाई राहत दिने काम सरकारको हो तर सरकारले गर्न सकेको छैन ।
अहिले सरकार विध्वंसबाट आएको छ । २०८२ साल भाद्र २३ र २४ गतेको आगजनी,तोडफोडको बलमा जेन्जीको नाममा नयाँ सरकार बन्यो । सरकारले गराएको निर्वाचनबाट बालेन नेतृत्वको नयाँ सरकार बन्यो । सरकारले सबै कुरामा कर बढाएको कारण महंगी बढेको छ । सरकारले अत्यावश्यकदेखि सबै कुरामा महंगी बढाएको छ । ढुवानीको बहाना गरेर, उत्पादन लागतमा वृद्धि भएको भन्दै वा अभावको सिर्जना गरेर महंगी बढाइएको छ । अहिले महंगी वृद्धि हुनलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई पनि आधार बनाइएको छ ।
यो अवस्थामा सरकारले महंगी नियन्त्रण गर्न,अभावलाई नियन्त्रण गर्न र जनतालाई राहत दिन सकेको छैन । जनतालाई राहत दिन सरकारले करको भार घटाउनु पर्दछ । कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कारवाही गर्नु पर्दछ । सरकारले विचौलियाहरुलाई कारवाही गर्नु पर्दछ । सरकारले पेट्रोलियम पदार्थको विकल्पको खोजी गर्नु पर्दछ । आफ्नै साधन स्रोत उत्पादनमा जोड दिनु पर्दछ । जनतालाई काम गरि खाने वातावरण दिनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित