गणेश बि. क. बेङलोर
जनतालाई सम्मान गर्ने मानवको लक्ष्य हो
आफ्नो देशमा गएर क्रान्ति गर्ने आवश्यकता हो ।
अर्काको देशमा बसेर क्रान्ति कहिल्यै हुदैन
आमा देशको अवश्यकता हेरेर बाटो हेरी रुदैछन ।
जनतालाई परिवर्तन गर्ने मानवको लहर
यो सारा संसारलाई बदल्ने लक्ष्य हाम्रो लक्ष्य महान ।
भारतमा छरिएर बसेका प्रवासी नेपालीहरु
एकताको झण्डा बोकेर हिडिरहेका नेपाली दाजुभाई
देश र जनताकोलागि लड्न पर्ने छ आज हामी
प्रवासमा बसेर देशको मुक्ति गर्न सक्दैनौं हामी
उठ ,उठ, जाग प्रवासी मजदुर किसानहरु
भारतमा भन्दा फर्कौं आफ्नै देशमा नेपालीहरु ।
एकता समाजमा हामी लडेर अगाडि बढौं
नीति सिद्धान्तलाई नबदलिकन जनता सचेत गरौं ।
एकताको झण्डालाई फरफराउदै अगाडि बढाउँ
हुदैछ सत्यताको जीत आज हशिया र हतौडाको ।
Comments

