जनसम्बन्ध विस्तार अभियानको २० औं दिन कुन टोलीले के कार्यक्रम ग¥यो ?

 

काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेको छ । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८१ चैत्र २३ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
टोली नम्बर १
यो टोलीले चैत्र २३ गते ४ वटा कोण सभा सम्पन्न गरेको छ ।
पहिलो कोण सभा

धनुषा जिल्लाको जनकपुर शहरको रामानन्द चोकमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं एकीकृत दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक टेक बहादुर विश्वकर्माले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका धनुषा जिल्ला सचिव नन्दकुमार झाले गर्नु भएको थियो ।
दोस्रो कोणसभा
धनुषा जिल्लाको गांगुली बजारमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पि.बि .एम.रामनारायण सिंहले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका धनुषा जिल्ला सचिव नन्दकुमार झाले गर्नु भएको थियो ।

तेस्रो कोण सभा
धनुषा जिल्लाको खिरखिरिया बजारमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पि. बि.एम. रामनारायण सिंहले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका धनुषा जिल्ला सचिव नन्दकुमार झाले गर्नु भएको थियो ।

चौथो कोण सभा
धनुषा जिल्लाको नगराईन बजारमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पि.बि .एम. रामनारायण सिंह र अर्का पि.बि.एम. अशोक लम्सालले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका धनुषा जिल्ला सचिव नन्दकुमार झाले गर्नु भएको थियो ।

कोण सभा भएका सबै ठाउँँहरुमा अभियान टोेलीले पर्चा वितरण र भित्ते लेखन गरेको छ । त्यसका अतिरिक्त,घोरघास,फूलगामा,वहिरीमा भित्ते लेखन र पर्चा वितरण भएको छ । फूलगामा र रामवागमा भित्ते लेखन र पर्चा वितरणका साथै स्थानीय जनता सित अन्तरक्रिया पनि भएको छ ।

 

टोली नम्बर २ः
अभियानको बिसौ दिन अर्थात् २३ गते चैत्र सुखीपुर नगरपालिका वडा नम्बर ५, लडकन्हा बजारमा टोलीले पहिलो कोणसभा गरेको छ । कोणसभाको संचालन मजदुर नेता एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य रंगवीर दोङले गर्नुभएको हो । सभाको सम्बोधन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यालय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको हो । सिराहा जिल्ला अर्नामा गाउँपालिका वडा नम्बर ४ लक्ष्मिपुर चोकमा कोणसभा गरिएको छ । सभामा अभियानबारे गगनले प्रष्ट पार्नुभयो । सिराहा, अर्नामा नगरपालिका वडा नम्बर हकपारा लौवा चोकमा कोणसभा सम्पन्न गरिएको छ । सभाको संचालन किसान नेता एवम् पार्टीको केन्द्रिय सदस्य बाबुराम सुवेदीले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको पोलिटिब्युरो सदस्य एवम् १३ नम्बर ब्यूरो इन्चार्ज कृष्ण देव सिंह दनुवारले राख्नुभएको हो । स्थानीय श्रीगणेश यादवले आफ्नो बिषयबस्तु राख्नुभएको थियोे । सहिद मोहन महतोको परिवार छोरा शक्ति प्रकाश सिंहसग अभियान टोलीले भेटघाट गरेको छ । २०५९ साउन २९ मा पार्टीको कामको सिलसिलामा साहदत हुनुभएको । सिराहा जिल्ला सिराहा नगरपालिका वडा नम्बर १ मार्डर बजारमा कोणसभा सम्पन्न गरिएको छ । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको हो । सभामा अभियानबारे किसान नेता एवम् पार्टीको केन्द्रिय सदस्य क्षेत्रबहादुर थापाले राख्नुभएको हो । सिराहा जिल्ला सिरहा नगरपालिका वडा नम्बर १ माहाविर चोकमा कोणसभा सम्पन्न भयो । सभाको संचाल सिराहा जिल्लाको सचीव राजदेव नायर्कले गर्नुभएको हो । सभामा अभियान बारे कृष्ण देव सिंह दनुवारले गर्नुभएको हो । सिराहा जिल्ला सिरहा नगरपालिका वडा नम्बर ७, हेमनारायण चोकमा कोणसभा गरिएको छ । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको पोलिटब्यूरो सदस्य एवम् १४ नम्बर ब्युरो सचीव कमरेड गगनले राख्नुभएको हो । सिराहा जिल्ला नरहा गाउँपालिका नराह चोकमा कोणसभा सम्पन्न भएको छ । सभाको सम्बोधन किसान नेता बाबुराम सुवेदीले गर्नुभएको छ । गोलबजार वडा नम्बर ७, पुरानो चोहर्वामा कोणसभा सप्पन्न गरिएको छ । कोणसभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको हो । सभाको सम्बोधन कृष्ण देव सिंह दनुवारले गर्नुभएको हो । सिराहा जिल्ला गोलबजार वडा नम्बर ४ गोलबजारमा कोणसभा सम्पन्न भएको छ । सभाको संचालन गगनले गर्नुभएको हो । सभाको सम्बोधन कृष्ण देव सिंह दनुवारले गर्नुभएको थियोे ।

 

 

टोली नम्बर ३
जाजरकोटको छेडाघाट नगरपालिका वडा नम्बर १० नल्फुगाडबाट टोलीले बिहानी यात्रा सुरु गरेको थियो । त्यसपछि टोलीले जाजरकोटकै मतेला बजारमा पुगेर पर्चा वितरण गरेको थियो ।अभियान टोलीले जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ५ बाटुलेमा सहिद ललित सोंह९ मण्डल० को परिवारलाई भेटघाट गरेकोथियो । टोलीले कुशे गा पा कै समुन्द्री सतहबाट २ हजार मिटर उँचाईमा रहेको थर्पु भार्मा स्थित गाउँपालिका कार्यालयमा गापा अध्यक्ष हरिस्चन्द्र बस्नेत लगायत सित छलफल गरेकोथियो । अभियान टोली प्रमुख कृष्णराज पौडेल सहित टोली सदस्यहरूले अभियानको उद्देश्य , देशको राजनीतिक परिस्थिति पर्यावरणीय संकट बारे विचार राख्नु भएको थियो। गा पा अध्यक्ष हरिस्चन्द्रले आफ्नो गापाको बारेमा र त्यहाँको अवस्था बारेमा जानकारी गराउनु भएको थियो । थर्पु भार्मामा खाना खाएर टोली अगाडि बढ्यो र कुशे गाउँपालिकाको वडा नम्बर ५ को पाँचकटियामा पर्चा वितरण गरेको थियो । त्यस पछि अभियान टोली जाजरकोटको सदरमुकाम खलङ्गा बजार पुग्यो । अभियान टोलीले खलंगा बजारको गैरीखालिङ चोकमा वालपेन्टिङ र पर्चा वितरण गरेकोथियो । खलङ्गा बजारकै बसपार्क स्थित शान्तिचौतारी चोकमा अभियान टोलीले एक कोण सभा सम्पन्न गरेको छ । कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पि।बि। एम। शेर बहादुर देउवाले सम्बोधन गर्नु भएको थियो र अभियान टोलीका सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले कोण सभाको सन्चालन गर्नु भएको थियो । त्यस पछि अभियान टोलीले खलङ्गा स्थित होटेल आर। आर। ग्रीन भ्यू मा एक पत्रकार सम्मेलनको सम्पन्न गरेको थियो । पत्रकार सम्मेलनमा अभियान टोली प्रमुख कृष्णराज पौडेलले अभियानको महत्व र आवश्यकताबारे विचार राख्नु भएको थियो भने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक पि बि एम तथा तीन नम्बर ब्युरो सेक्रेटरी दिपक शाहीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । राष्ट्रिय मुद्दाका साथै स्थानीय मुद्दामा टोली प्रमुख कृष्णराज पौडेलले पत्रकारहरूलाई जाजरकोटमा अनियमित तरिकाले वन फँडानी भैरहेको विषयलाई उठान गर्न विशेष आग्रह गर्नु भएको थियो ।

 

टोली नं ४ ः
यस टोलीले बिहानमा तुलसीपुर उपमहानगरपालिका वडानं १२ मा पार्टीका जल्ला सदस्य उदय भण्डारीको घरमा जनश्रमदानको कार्य गरेको छ ।बिहान मै तुलसीपुर उपमहानगरपालिका वडा नं १०,११ ,१२ को वडा कार्यालय अगाडि भित्तेलेखनको कार्य पनि सम्पन्न गरको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका स्थित बस पार्कमा अभियान टोलीले एक कोण सभा सम्पन्न गरेकोछ र त्यस कोणसभालाई अभियान टोलीका सदस्य तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पि बि एम लालबहादुर जाग्रीले सम्बोधन गर्नु भएकोथियो। उक्त कोण सभालाई पार्टीका दाङ जिल्ला सेक्रेटरी ईश्वरी गैरेले सन्चालन गर्नु भएको थियो ।अभियान टोलीले तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १८ बिजौरीमा कोण सभा सम्पन्न गर्यो । सो कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दाङ जिल्ला सचिवालय सदस्य तिलक बि। क ।ले सम्बोधन गर्नु भयो र पार्टीका केन्द्रीय सदस्य दिनेश थापाले कार्यक्रमको सन्चालन गर्नु भएको थियो। दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा अभियान टोलीले कोण सभा सम्पन्न गर्यो । कोण सभालाई अभियान टोलीका सदस्य तथा अखिल क्रान्तिकारी का कार्यालय सदस्य नवीन खडकाले सम्बोधन गर्नु भएको थियो र कार्यक्रमको सन्चालन पार्टीका दाङ जिल्ला सेक्रेटरी ईश्वरी गैरेले गर्नु भएको थियो ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित