जनसम्बन्ध विस्तार अभियानको २२ औं दिन कुन टोलीको के कार्यक्रम ?

 

काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८१ चैत्र २५ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –

 

टोली नम्बर १
यो टोलीले चैत्र २५ महोत्तरी जिल्लामा ६ वटा कोण सभा सम्पन्न गरेको छ ।
पहिलो कोण सभा ः
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाको गैंडा चोकमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य अशोक लम्सालले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महोत्तरी जिल्ला सचिव उपेन्द्र यादवले गर्नु भएको थियो ।
दोस्रो कोणसभा ः
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको जलेश्वर चोकमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य राम नारायण सिंह र एकीकृत दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक टेक बहादुर विश्वकर्माले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महोत्तरी जिल्ला सचिव उपेन्द्र यादवले गर्नु भएको थियो ।

तेस्रो कोण सभा ः
महोत्तरी जिल्लाको बलवा नगरपालिकाको बनौटा चोकमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महोत्तरी जिल्ला सचिव उपेन्द्र यादवले सम्बोधन गर्नु भएको थियो ।

चौथो कोण सभा ः
महोत्तरी जिल्लाको बलवा नगरपालिकाको वडा नम्बर ३ पदौल चोकमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा एकीकृत दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक टेक बहादुर विश्वकर्माले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महोत्तरी जिल्ला सचिव उपेन्द्र यादवले गर्नु भएको थियो ।

पाँचौ कोण सभा ः
महोत्तरी जिल्लाको बलवा नगरपालिकाको बलता चोकमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध मजदुर मोर्चा क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय संयोजक ईश्वर तिमिल्सिनाले सम्बोधन गर्नु भएको थियो ।

छैटौं कोण सभा ः
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाको गाढा चोकमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य रामनारायण सिंहले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महोत्तरी जिल्ला सचिव उपेन्द्र यादवले गर्नु भएको थियो । कार्यक्रम स्थलहरूमा भित्ते लेखन र पर्चा वितरणको कार्यक्रम पनि भएका छन् ।

 

टोली नं. २
अभियानको २२औं दिन अर्थात् चैत्र २५ गते यो टोृली सिराहाबाट ओखलढुंगा प्रवेश गरेको छ । ओखलढुंगा जिल्लामा मानेभञ्ज्याङ गाउँपालिकाको वडा नम्बर ५ मा १४ नम्बर ब्यूरो इन्चार्ज पुष्कर श्रेष्ठ लगायत जिल्ला इन्चार्ज पर्वत तथा जिल्ला सचिव निर्माण कुमार कार्कीले केन्द्रिय अभियान टोलीलाई अबिर र खादा लगाएर स्वागत गर्नु भएको थियो । । स्वागत पश्चात् ओखलढुंगाको पहिलो कार्यक्रम मानेभञ्ज्याङ बजारमा र्‍याली सहित बजार परिक्रमा गरेर कोणसभामा परिणत भएको हो । सभाको संचालन ओखलढुंगा जिल्ला सचिव निर्माण कुमार कार्कीले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको केन्द्रिय सदस्य बाबुराम सुवेदीले गर्नुभएको हो ।

टोली नं. ३

नलगाड नगरपालिका ५ कालीमाटी वजारमा वाल पेन्टिङ, पर्चा वितरण पछि कोणसभा सम्पन्न भएको छ। कोणसभालाई जिल्ला सचिव विरेन्द्रराज सुनारले सञ्चालन गर्नु भएको थियो। सम्बोधन पार्टीका पिबिएम तथा अभियान टोली सदस्य शेरबहादुर देउवाले गर्नु भएको थियो। कार्यक्रम पछि नलगाड नगरपालिकाको कार्यालय दल्ली बजारमा नगर प्रमुख डम्बर बहादुर रावत र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनसँग भेटघाट छलफल गरेको थियो। छलफलमा अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले विषय वस्तु राख्नु भएको थियो। त्यसपछि अभियान टोलीले नगरपालिकाको बजेट, सामाजिक विकास, पुर्वाधार विकास लगायत विषयमा छलफल गरेको थियो। नगरपालिकाको भेटघाट कार्यक्रम पछि अभियान टोली पश्चिम रुकुम जिल्लामा प्रवेश गरेको थियो। अभियान टोली चैत्र २५ गते रुकुम प्रवेश गरेको छ। अभियान टोलीलाई ४ नम्बर व्यूरो सचिव निरज के सी समिर र रुकुम जिल्ला सचिव मोतिराम खड्का लगायतले आठविसकोट न पा ९ राडी वजारमा स्वागत गर्नुभएको थियो। अभियान टोलीले बजारको पिपल चौतारामा कोणसभा गरेको छ। कोणसभालाई रुकुम पार्टीका जिल्ला सचिव मोतिराम खड्काले सञ्चालन गर्नु भएको थियो। कोणसभालाई पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेलले सम्बोधन गर्नु भएको थियो। अहिले यथास्थितिवादी र प्रतिगमनकारी दुवै पक्षबाट देशले निकास पाउन नसक्ने बताउनु भयो । हामीले अव अग्रगामी कार्यदिशा सहितको जनगणतन्त्र स्थापनाका लागि पहल गर्नु पर्ने र क्रान्तिकारी शक्तिहरू एक ठाउँमा संगठित हुन पर्ने विषयमा जोड दिनु भएको थियो। साथै ४ नम्बर व्यूरो सचिव तथा वैकल्पिक पिबिएम निरज के सी ले पनि सम्बोधन गर्नु भएको थियो। कार्यक्रममा कलाकार वन्दना खड्काले “खोइ हाम्रा लाल सेना” बोलको गितमा नृत्य प्रस्तुत गर्नु भएको थियो।

राडी बजारबाट वाँफीकोट गाँउ पालिका जाँदै गर्दा घारी खोलाको उकालोमा वाल पेन्टिङ गरिएको छ ।। वाँफिकोट(७ को नदुवाभञ्ज्याङमा पर्चा वितरण र वाल पेन्टिङ गरिएको छ। मग्मा चोकबजारमा पनि पर्चा वितरण र वाल पेन्टिङ गरिएको छ।वाँफीकोट(४ को छिन्खेत बजारमा पर्चा वितरण गर्नुका साथै कोणसभा सम्पन्न भयो। कोणसभाको सञ्चालन जिल्ला सचिव कमरेड मोतिराम खड्काले गर्नु भएको थियो। कोणसभालाई वैकल्पिक पिबिएम तथा ४ नम्बर व्यूरो सचिव कमरेड निरज के सी सम्बोधन गर्नु भएको थियो। उहाँले रुकुममा हाम्रो अगाडि हात्ती छाप चप्पल लगाएर हिँड्नेहरु नव धनाढ्य भएकाछन्। उनीहरूले जनताको भावना र जनताको बलिदानलाई बिर्सिएर संसदवादी दलालमा परिणत भैसकेको भन्नु भयो। कार्यक्रममा कलाकार वन्दना खड्काले ु खोइ हाम्रा लाल सेना ु बोलको गितमा नृत्य प्रस्तुति गर्नु भएको थियो।

सानीभेर गाँउ पालिकाको सिम्ली बजारमा कोणसभा सम्पन्न भएको छ। अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो। सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले गर्नु भएको थियो। उहाँले यो व्यवस्थामा दलहरु को गैर राजनीतिक चरित्र र उनिहरूको भ्रष्टा कार्यशैलीका कारण राजावादीहरु मुन्टो उठाउन खेजेता पनि, ईतिहासको गती उल्टो तर्फ न फर्कने हुदाँ प्रतिगमनकारीलाई सपना नदेख्न सुझाव दिनु भयो।

 

टोली नं. ४
अभियान टोलीले घोराही उपमहानगरपालिकाको गोग्लीमा बिहान कोण सभा सम्पन्न गरेको छ । कोण सभालाई अखिल क्रान्तिकारीका केन्द्रीय कार्यालय सदस्य नबिन खडकाले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका दाङ जिल्ला सेक्रेटरी ईश्व्री प्रशाद गैरेले गर्नु भएको थियो । अभियान टोलीले घोराही उपमहानगरपालिकाको बेलुवाका सहिद परिवारलाई भेटघाट गरेको छ । २०५८ साल मंसिर १८ गते थारु समुदायका ९ जनालाई यसै ठाउँमा तत्कालीन सरकारका सुरक्षाकर्मीहरुले हत्या गरेका थिए । अभियान टोलीले लमही नगरपालिकाको लमही बजारमा कोण सभा सम्पन्न गरेको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य लाल बहादुर जाग्रीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका दाङ जिल्ला सेक्रेटरी ईश्व्री प्रशाद गैरेले गर्नु भएको थियो । दाङको गढवामा सम्पन्न कोणसभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य धनेश्वर पोख्रेलले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका दाङ जिल्ला सेक्रेटरी ईश्व्री प्रशाद गैरेले नै गर्नु भएको थियो । दाङको राप्ती गाउँपालिकाको भालुवाङ बजारमा सम्पन्न कोणसभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य के.बि. गुरुङले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका दाङ जिल्ला सेक्रेटरी ईश्व्री प्रशाद गैरेले नै गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित