चिप्लिँदै चिप्लिँदै फेदितिर

 

मोदनाथ मरहट्टा

 

भर्खर सम्पन्न निर्वाचनको परिणामपछि नेपालका संसदवादी दलहरुले लज्जाजनक हार व्यहोरेका छन । हरेक वस्तुको विघटनमा आन्तरिक कारणनै निर्णायक हुन्छ । कम्युनिष्ट भनिएका संसदवादी दलहरुको खस्काइ उनिहरुको आन्तरिक कारणले नै हो । संसदवादी दलहरुको पराजयलाइ खुच्चिङ भन्ने आशय यो पङतिकारको होइन तर सत्ताको सुखसयलमा अल्झिएर जनताका मुद्दालाई किनाराकृत गरिएपछि अनुमोदन हुन नसकेको चाहिँ सत्य हो । कम्युनिष्ट घोषणापत्रले व्यवस्था गरे बमोजिम गठन गरिएका पार्टीहरु क्रान्तिकारी धाराबाट च्युत हुँदैजाँदा पुगिने भनेको विसर्जनमानै हो ।

जसका कारण बितेका केही बर्षदेखि हाम्रो समाजमा बाहिर आएका कतिपय घटना र अवस्था हेर्दा मुलुकभित्र गम्भीर स्थिति पैदा हुँदै आएको थियो । हाम्रो राज्य ब्यवस्था र यसले निर्माण गरेको सामाजिक कुरुपता देख्दा स्वभिमानी नागरिकले शीर निहु¥याउनु पर्ने देखिन्थ्यो ।

हामी कुनै यात्रामा निस्किएका हुन्छौँ र उक्लनु पर्ने गन्तव्य शिखरतिर छ तर हामी उल्टो यात्रातिर पाइला चाल्दै थियौँ । खर्खरे ओह्रालोमा चिप्लिँदै जाँदा फेदिमा पुग्न समय लाग्दैन जुन आजको परिदृश्यले देखाएको छ ।

केही राजनैतिक दलहरुले नेपालको सम्बिधान २०७२ लाई उत्कृष्ट भनेर बिजयोत्सव मनाउदै गर्दाका दिनमा उनिहरु आफैँले मानेको सम्बिधान कुल्चिएर धज्जी उडाइरहे । सम्बिधानको रक्षा र पालनामा अनुगमन गर्ने शक्तिको रुपमा रहेको राष्ट्राध्यक्षलेनै सम्बिधानको ठाडो उल्लङ्घन गर्नुले समाजका अराजक तत्वले फाइदा उठाउन थालेका थियो । सिङ्गो मुलुकको अभिभावकत्व लिएको संस्थामा देखिएको यो असङ्गत बिषयमा जनचासो बढ्नु स्वभाविक हो । एकातिर सङ्घिय संरचनाको बिरुध्द प्रतिगामीहरु सल्बलाउन थालेका बेला सम्बिधानको रक्षा र प्रयोग गर्ने भन्नेवाला नै पुनरुत्थानी तत्वलाई बल पुग्ने काम गर्नुले यिनीहरु अक्षम साबित भैसकेका थिए । मुलुकका धेरै बिषयहरु राज्यसत्तासित जोडिएका हुन्छन । राज्यसत्ताको हकदारको दाबी गर्ने राजनैतिक शक्तिहरु ब्यबस्था बदलियो अब अवस्था बदल्ने गुड्डी हाकिरहे । तर सतहमा हेर्दा फेरियो भनिएको ब्यबस्था उहीँ पुरानो ब्यबस्थाको समान रुप बन्यो । निर्धा निमुखाहरुको उत्थान गर्नुपर्नेमा नयाँ जिम्माल बनेर उनीहरु निस्किए । सरकार वा राष्ट्राध्यक्षले गरेका कतिपय निर्णयहरु र मस्यौदा अध्यादेशहरु जनस्तरले नरुचाएका बग्रेल्ती उदाहरण छन ।

हाम्रो लोकसँस्कृतिमा कतिपय उखान उल्ल्लपदेशहरु जनहितका पनि छन। एउटा सर्वमान्य सिध्दान्त छ ‘ बाटोमा आँखा हेरेर हिँडे पो ठकानमा पुगिन्छ’ तर आकासतिरको ध्यानले जमिनमा कता उकालो कता भिरालो भेउ पाउनै सकिँदैन । कुनै कुनै अवस्थितिमा धेरैले भन्ने गर्छन ‘ भकारीमा धान छ छोराछोरी भोकै’ जब हेरचाह गर्ने बाआमाहरु अविवेकी हुन्छन भकारीभरी भएको धान मुसा घुन र पुतलिले खाइदिन्छ अनि छोराछोरी भोकै हुन्छन । भकारिभरी धान भएर पनि समयमा चामल बनाइएन भने चुल्होमा कसौँडी वा कुकर बस्दैन । अहिले नेपाली समाज यहि अवस्थामा गुज्रिएको छ । नेपालको सम्बिधानलाइ केहि दलहरुले उत्कृष्ठ मानेको कुरा माथीनै भनिएको छ र त्यसमा लेखिएको समाजबाद शब्दलाई सबैजसो राजनीतिक दलहरुले मागिखाने भाँडो बनाएर आफ्नो घोषणा पत्रमा लेखेका थिए । समाजबाद शब्द कागजमा लेखेर मात्र पुर्ण हुन्छकि विधि र ब्यबहारमा लागू हुने हो ? यो प्रश्न ती दल सम्बध्द नेतृत्वमा राखियो भने उनिहरु मुखमा पानी हालेर बस्छन ।समाजबाद ल्याउन लागू गर्न र टिकाउनका लागि अर्थ , राजनीती ,सँस्कृती,शासन– प्रशासन तद्नुरुपपको हुनुपर्नेमा यी आम बिषय पुरानो समाज भन्दा भिन्न हुन सकेको छैन । अहिलेको समय एकातिर नया नेपालको फलाकोमा शासकहरु रमाउने र शासितहरु पुरानो उत्पिडनमा टसकोमस नभएको अनुभूति खपिरहेको अवस्था हो । अर्थजगतमा ढलिमली गर्दै मौलाएको पश्चिमा उदारतन्त्र र यसले भित्र्याएको उपभोक्ताबादले हाम्रो मुलुकको संस्कार सँस्कृतिको पहिचान हेर्दाहेर्दै गायब भैसकेका छन हाम्रा साँस्कृतिक मान्यतालाई बजारले क्वार्लप्पै खाइदिएको छ भने धर्म निरपेक्षताको आड लिएर धार्मिक साम्राज्यको जालो फैलदै छ । समाजबादी सँस्कार सँस्कृतिको ढ्वाङ फुकेर मौन बसेको राजनैतिक नेतृत्वको सत्ता हेर्दा हाम्रो इतिहासमा स्वाधिनताको लागि बगेको योध्दाहरुको रगत चौलानी सरह साबित भएको छ ।आफुलाई क्रान्तिकारी र परिवर्तनको पक्षधर भनाउन किन्चित धक नमान्ने एउटा शक्ति सत्ताको केन्द्रमा र वरिपरी केही दशकसम्म रजगज ग¥यो । उसलाई भजाएर अनाधिकृत र गैह्र कानुनी बाटोबाट आफ्नो निजि भलाइ चाहनेको झुण्ड त्यही शासन सत्ताको वरिपरि मुख मिठ्याएर बसेको थियो । यसको सबुद उदाहरण आफ्ना स्वदेशी नागरिकहरुलाई अर्कै देशको शरणार्थी बनाएर बाहिर पठाउने कार्यमा लिप्त समेत भयो । सत्ताको छातामुनी घुस्रिएर प्राकृतिक सम्पदाको दोहन , भन्सार छली, जस्ता कार्य र मुलुकको हित विपरित गरिएका बैदेशिक सन्धी सम्झौताहरुले यो स्थितिको पुष्टि गर्दछ । सबैभन्दा ठूलो कुरा राष्ट्र र राष्ट्रियता हो तर गएको बर्ष मुलुकको सम्सदले पारित गरेको एम सि सि जस्तो घातक सम्झौताले देशको भविष्य अर्कैको नियन्त्रणमा जान सक्ने टड्कारो सम्भावना छ।

बर्तमानको आँखाले हेर्दाहेर्दै यो मुलुक युवा विहीन बन्दै गएको छ भने बचेका युवाहरुलाई पनि उत्पादनमा जोड्न सकिएको छैन । जुन दल सरकारमा गएपनी यो समस्यालाई गम्भीर रुपले लिएको पाइदैन । अल्प बिकशित भए पनि देशभित्र कयौँ सम्भावनाहरु छन । भएका सम्भावनाप्रति युवापुस्ताको विश्वास गुम्दै गएको छ भने शासनको बागडोर सम्हालेको बाम वा गैह्र राजनैतिक नेतृत्व नुन खाएको पोथिजस्तो झोक्राएर बसेको जस्तो पनि देखियो । यतिबेलाको युवा पुस्ता परिवार, समाज र राज्यप्रति कृतघ्न बन्दै गएको छ । परिवार अनि राज्यले लगानी गरेर माध्यमिक वा त्योभन्दा माथि उनिहरुको शैक्षिक हैसियत प्राप्त भएको हुन्छ । जब उनिहरुले देश र समाजको लागि केही दिनसक्ने उमेर हुँदै जान्छ अनि आकाश मार्गहुदै पराइ भुमिमा दौडने परम्परा मौलाउन थाल्यो । एकातिर उनिहरुको घर परिवार आफ्नो सन्तती स्वदेसमा रहिदिउन भन्ने मान्यताबाट विमुख छन र छोराछोरी पराय मुलुकमा पुगेकोमा बाआमाले गर्व समेत गरेका हुन्छन । आफ्ना सन्तती आफ्नो परिवार र समाजमा रहँदा श्रमप्रति अनुदार बनेका युवाहरु बाह्य मुलुकमा जस्तोसुकै काममा श्रम खर्चन तयार हुनु र जुन देशमा श्रम बिक्री गरिएको छ त्यही मुलुकको सरकारले आय कट्टी गरेर सम्पन्न बनेको देख्दा देख्दै किन मरिहत्ते गरिन्छ सोचनिय बिषय छ ।मुलुकले ग्रहण गर्दै गरेको यो ओह्रालोको यात्रा भविष्यको निम्ति शुभ संकेत पटक्कै होइन । ओह्रालो यात्राले गन्तब्यमा पु¥याउदैन भन्ने हेक्का समयमा राख्न नसक्नुले संसदीय कम्युनिष्ट नेतृत्वको नियत र क्षमतामाथि प्रश्न उब्जिएको थियो । कम्युनिष्ट भनिने त्यो नेतृत्वको विस्थापन क्रान्तिकारीहरुबाट हुनु पर्दथ्यो तर बिडम्वना पूँजीवादी शक्ति हावी हुन पुग्यो । सचेत जनताले समयमानै यो अवस्थालाई बुझेर हस्तक्षेप गरिएन भने देशको भविष्य अन्धकार हुने सङ्केत देखिन्छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित