प्रा.डा.जगदीश चन्द्र भण्डारी
जब उसले पुरस्कार पायो
खुसीले गदगद भयो ।
थाहै नपाई
प्रधानमन्त्री
थाहै नपाई
थरीथरीका मन्त्री
मुलुकका
नामी पदहरुमा
जब नाम टाँसियो ।
महान सहिदहरुलाई
कसिलो थप्पड
लगाउन पायो
जनताको उत्सर्गमा
क्रूर र भद्दा संवाद
गर्न पायो
उसलाई एकदम खुसी लाग्यो ।
हैसियत र क्षमताबिना नै
पदक उपाधि
गोज्याङ्ग्रोको हातमा पर्यो
मानिस उभिएको धरती
अनि दुनियाँमाथिको आकाश
पसिनाको नदीलाई
असभ्य अश्लील अमानवीय
शब्दमा गाली गर्न थाल्यो ।
मानिसहरु भन्नुहुन्छ
यस्तो अवस्थाको
पर्दा कतिबेर रहन्छ हँ ?
Comments

