१३ सदस्यीय सुवास नगर एरिया समिति गठन

भारत । १७ जुलाई २०२६ मा भारतको लुधियाना सहरको सुवास नगरमा अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिम उत्तर क्षेत्रीय समिति अन्तर्गतको लुधियाना नगर समिति मातहतको सुवास नगर एरिया समिति गठन गरिएको छ। १३ जनाको सुभाषनगर एरिया समितिमा अध्यक्ष करण परियार, उपाध्यक्ष बेदुराम बिक, सचिव धनबहादुर जिसी , सहसचिव धनबहादुर वि.क., कोषाध्यक्ष बिनु बिक, सदस्यहरू –केशव मुखिया,कमल परियार, पूर्णबहादुर बिक, गोविन्द खड्का, दीपक परियार, शर्मिला मगर र विजय मगर रहनुभएको छ । कमल परियारको पहलमा उक्त समिति गठन भएको थियो । करण परियारको अध्यक्षता र धनबहादुर जिसीको सञ्चालनमा सम्पन्न उक्त भेलामा अखिल भारत नेपाली एकता समाजका सचिवालय सदस्य रामबहादुर कौशल, महिला विभाग केन्द्रीय सदस्य सम्झना शर्मा, क्षेत्रीय सदस्य सुशीला सुनारको विशेष उपस्थिति थियो। उक्त भेलामा नेपालको वर्तमान राजनीतिक परिस्थिति, बालेन सरकारको सय दिनको मूल्याङ्कन र प्रवासमा रहने नेपालीहरूको स्थितिको बारेमा समेत छलफल गरिएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित