काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले चैत्र ४ गते जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गर्दै छ । केन्दीय स्तरबाट तय गरिएको जनसम्बन्ध विस्तार अभियानको चार वटै टोली उद्घाटन स्थल पुगेको समाचार प्राप्त भएको छ ।
पाँचथर
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा पाँचथरको चियोभञ्ज्याङबाट सुरु हुने अभियानको टोलीले आज चैत्र २ गते चैत्र ४ गतेको उद्घाटन कार्यक्रम सफल पार्न जनतालाई आह्वान गर्दै सदरमुकाम फिदिम बजारमा प्रचारप्रसार,पर्चा वितरण र कोणसभा सम्पन्न गरेको छ । केन्द्रबाट टोली नेता श्रीस सहित चन्द्रहरी सुवेदी,सुरेन्द्र भण्डारी,बालकृष्ण सुवेदी,पुष्प सुवेदी, डोर्जे शेर्पा,शारदा महत, अनु निरौला फिदिम पुगिसकेका छन् ।
कञ्चनपुर
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेलको नेतृत्वमा कञ्चनपुरबाट सुरु हुने अभियानका लागि केन्द्रबाट टोली नेता पौडेल सहित सीपी शर्मा, झनक श्रेष्ठ, शेरबहादुर देउवा कञ्चनपुर पुगिसकेका छन् । बाँकी अभियानकर्मी बाटामा जादै गरेको बुझिएको छ ।
बैतडी
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सुदर्शनको नेतृत्वमा बैतडीबाट सुरु हुने अभियानका लागि केन्द्रबाट टोली नेता सुदर्शन सहित लालबहादुर जाग्री, होम बहादुर खडका,धनेश्वर पोखे्रल , दिनेश थापा, नवराज पाण्डे बैतडीको पुरानो सदरमुकाम पाटन पुगिसकेका छन् । बाँकी अभियानकर्मी बाटामा जादै गरेको बुझिएको छ । झुलाघाटबाट अभियानको उद्रघाटन हुने छ ।
झापा
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेलको नेतृत्वमा झापाबाट सुरु हुने अभियानका लागि केन्द्रबाट टोली नेता कँडेल सहित शोभा सेन्चुरी,नारायण शर्मा,महेश श्रेष्ठ,अमिर महर्जन,कृष्णदेव दनुवार,क्षेत्र बहादुर थापा,बाबुराम सुवेदी, अम्बिका रेग्मी रहनेछन् । कार्यक्रम प्रभावकारी बनाउन स्थानीय संगठन परिचालन हुने बताइएको छ । त्यस बाहेक १६ वटै ब्युरोले चैत्र ४ गते अभियानको उद्घाटन गर्ने छन् ।