काठमाडौँ।क्रान्तिकारी युवा सङ्घ नेपाल दाङ जिल्ला समितिले दाङ जिल्लामा व्यापारीहरूले इरान इजरायल युद्धको कारण देखाउँदै ग्यास , पेट्रोलियम पदार्थ लगायत अति आवश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको विषयप्रति चेतावनी दिएको छ। क्रान्तिकारी युवा सङ्घ नेपाल दाङ जिल्ला समितिका संयोजक सङ्घर्षले२०८२ फागुन ३० गते एक प्रेस विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्। विज्ञप्तिको पूर्णपाठ यस प्रकार छ–
आदरणीय दाङ जिल्ला निवासी न्याय प्रेमी जनसमुदाय हाम्रो संगठन क्रान्तिकारी युवा संघ नेपाल राष्ट्रियता ,जनतन्त्र, जनजीविकाका मुद्दाहरूमा विगतदेखि संघर्षरत रहँदै आएको कुरा जनसमुदायमा सर्वविदितै छ ।
आज दाङ जिल्लामा व्यापारीहरूले इरान – इजरायल युद्धको कारण देखाउँदै ग्यास, पेट्रोलियम पदार्थ लगायत अति आवश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको विषयप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ। व्यापारीहरुले जानाजानी गोदाममा सामान लुकाई बजारमा कम आपूर्ति गरेर अभावको स्थिति सिर्जना गरिरहेका छन् । यस्तो कार्यले आम उपभोक्तालाई महँगो मूल्यमा सामान किन्न बाध्य बनाएको छ। बजारमामा मूल्य वृद्धि गरी सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ। यो कार्य उपभोक्ता अधिकारको उल्लङ्घन मात्र नभई प्रणालीलाई असन्तुलित बनाउने गम्भीर समस्या पनि सम्बन्धित निकायलाई बजारको अनुगमन गर्न र दोषीमाथि कारबाही गर्न उपभोक्ताको हित संरक्षण गर्न आग्रह गर्दछौं । साथै व्यापारी तथा व्यवसायीहरूलाई नैतिकता र जिम्मेवारीका साथ व्यापार सञ्चालन गर्न अनुरोध गर्दछौं।यदि यो कार्य नरोकिएमा हाम्रो संगठन क्रान्तिकारी युवा संघ नेपाल कडा संघर्षमा जाने चेतावनी गर्दछौँ।”

