काठमाडौंमा बृटिसहरूको चिहानघारी

फागुन ९, काठमाडौ । काठमाडौंको लाजिम्पाट स्थित बृटिस दूतावास र भारतीय दूतावासको बिचमा साँगुरो गल्ली छ । साँगुरो गल्लीबाट बाइकहरु कुँदिरहेका हुन्छन् । गल्लीकोबाटो थोरै पश्चिम तिर गएपछि सन् १८१६ मा निर्मित बृटिसहरुको चिहान घारी भेटिन्छ ।

पर्खालले घेरिएको उक्त स्थानको गेटमा लेखिएकोछ ,” यो पवित्र भूमि बृटिस सरकारको सम्पत्ति हो । यहाँ अनुमति बिना प्रबेश गर्नेलाई प्रहरी समक्ष बुझाइनेछ। British Embassy founded 1816, visiting hours 8 am to 5 pm.”

यो चिहानघारी नेपाल र बृटिसको २ सय वर्ष भन्दा पुरानो सम्बन्धको साँक्षी बनिरहेकोछ । यो चिहानघारीको बारेमा मार्क एफ. वाट्सन र एन्ड्रयु आर. हलले “द बृटिस सिमेन्टरी एट काठमान्डु ” शीर्षकमा पुस्तक लेखेका छन् । यो पुस्तकले केवल चिहान बारे मात्र नभएर नेपाल – बृटिस सम्बन्धको पुरानो इतिहास बोकेको छ।

 

सन् १९७७ मा माइकल स्टोक्सले खिचेको चिहानघारीको भित्री भाग

काठमाडौं स्थित बृटिस चिहानघारी बारे लेखक मार्क र एन्ड्रयुको पुस्तक

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित