फागुन ११, काठमाडौं । पुर्व प्रधानमन्त्री एवं सत्तारुढ गठबन्धनका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन १ गतेलाई “हिंसा दिवस” भनी टिप्पणी गरेका छन् । सरकारले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय दिवस मानी मनाएको प्रति ओलीले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
“त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद निर्णय ग¥यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुराचाहिँ सही होइन ।” आफ्नै जन्मदिनको अवसर पारेर २०७९ फागुन ११ गते भक्तपुरको बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले भनेका छन – “सरकारले किन त्यो ग¥यो ? आकस्मिक रुपमा त्यो किन गर्नुप¥यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुप¥यो ? त्यो मैले पनि बुझेको छैन । यसले सम्झि सम्झिकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएको जस्तो मात्रै लाग्छ मलाई । जेहोस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन । नेपाली जनतामा परस्परमा लडन्, लडाउने कुरालाई स्वीकार गर्न सकिँदैन । हिजो पनि सकिँदैन थियो, आज पनि सकिँदैन । र, भोलि पनि सम्भव छैन ।”
ओलीले सम्बोधनका क्रममा सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाप्रति गर्व गर्ने प्रवृत्ति देखिएको र त्यस्ता कार्यलाई सही भन्न नसकिने भन्दै नेपाली जनता परस्परमा लडने – लडाउने त्यस्ता कुरा आफ्ना लागि कहिल्यै पनि स्वीकार्य हुन नसक्ने प्रस्ट पारे ।