फागुन १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका शहिदहरू राष्ट्रिय गौरव भएको बताउँदै जनयुद्धका सहिदहरूलाई राष्ट्रिय शहिद घोषणा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
“आज जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहिदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ ।”– जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा फागुन १४ गते बिहान प्रचण्डले भनेका छन – “त्यसैले वर्तमान सरकार जनयुद्ध लगायत सबै आन्दोलनका आइतबार बिहान जनयुद्धका शहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेको छ ।”
अन्तरक्रियामा शहिद तथा बेपत्ता परिवारको तर्फबाट अधिवक्ता एकराज भण्डारी लगायतले बोलेका थिए ।