इरानी जनताको स्वाधीनताको पक्षमा ऐक्यबद्धता जाहेर

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले इरानी जनताको स्वाधीताको पक्षमा ऐक्यबद्धता जाहेर गरेको छ । पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले २०८२ फागुन १७ गते एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । वक्तव्यमा अमेरिकी साम्राज्यवादी आक्रमणको घोर निन्दा एवम् भत्सर्ना गरिएको छ । अमेरिका विश्व आतंकवादको नेता हो भन्नुका साथै इरानी नेता आयतोल्लाह अली खामेनीको सहितको हत्याले मानव जातिको स्वाधीनताको संघर्ष थप संकटमा परेको बताइएको छ र शोकको यस्तो अवस्थामा इरानी जनताप्रति पार्टीले समवेदना प्रकट गरेको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –

अमेरिका विश्व आतङ्कवादको नेता हो । आफ्नो स्वार्थका लागि जुनसुकै देशमा हमला गर्ने उसको चरित्र रहँदै आएको छ । उसको कठपुतली इजरायल समेत मिलेर सार्वभौम इरानमाथि हमला गरेको छ र इरानी जनताको स्वाधीनताको सङ्घर्षको क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी, विद्यार्थी, सर्वसाधारण, नेपाली समेतले शहादत प्राप्त गरेका छन् । खामेनीको हत्याले मानव जातिको स्वाधीनताको सङ्घर्ष थप सङ्कटमा परेको छ । यस्तो शोकको अवस्थामा इरानी जनताप्रति नेपाल कम्युनिष्ट पार्टी दुःखद् समवेदना प्रकट गर्दछ । इरानी जनताको स्वाधीनताको सङ्घर्षमा ऐक्यबद्धता जाहेर गर्दै शोकलाई शक्तिमा बदल्ने सामथ्र्य इरानी जनतामा रहेको विश्वास गर्दछ । साम्राज्यवादीहरूको आक्रमणको घोर निन्दा र भत्र्सना गर्दछ । ‘शान्तिका लागि सम्वाद’ अगाडि बढाउन संयुक्त राष्ट्रसङ्घ र विश्व समुदायमा आग्रह गर्दछ । यो हमला अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको घोषित मान्यता विपरित छ । यो हमलाले अन्तरराष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्रको ठाडो उलङ्घन गरेको छ र विश्व शान्तिमा गम्भीर प्रकृतिको अपराध गरेको छ । यो घटनाले इरानी जनताको ठुलो क्षति भएको छ । संसारभरका साम्राज्यवादविरोधी तथा स्वतन्त्रता र शान्तिप्रिय जनता समेत स्तब्ध भएका छन् । अस्तित्व रक्षाको सङ्कटमा परेको अमेरिकाको कुकार्य कुदृष्टिले भेनेजुएलाका राष्ट्रपति मदुरोलाई अपहरण गरेको छ । ग्रीनल्याण्ड, क्यानाडा, पनामा कब्जा गर्न खोजेको छ । इरानमाथि आक्रमणको उद्देश्य पनि त्यहाँको तेल भण्डारमाथि कब्जा जमाउनु नै हो । अमेरिकी साम्राज्यवाद आत्तिएको जङ् गली जनावर झैं अत्तालिएर विश्व आतङ् अधिनायकवादी फासिस्ट नीति अनुशरण गर्दै आक्रमक बनेको छ । अमेरिकाको आडमा इजरायलले प्यालिस्टाइनी जनतामाथि फासिस्ट र बर्बर नरसंहार गर्दै आइरहेको कमा उत्रिएर अहिले इरान माथि खनिएको छ । यस्ता हर्कत विरूद्ध विश्वव्यापी आक्रोश बढ् दै गइरहेको छ । अमेरिकी ७० लाख जनता ट्रम्पको यस्तो हस्तक्षेपकारी नीतिका विरूद्ध सडकमा उत्रिएका थिए । विश्व जनमत अमेरिकी साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपका विरूद्ध इरानी जनतासंगै उभिनेछन् र निर्णायक विजय प्राप्त हुने छ । नेपाल कम्युनिष्ट पार्टी इरानका सर्वोच्च नेता खामेनीप्रति उच्च सम्मान प्रकट गर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित