बनेपा । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १० नंवर क्षेत्रीय ब्यूरोद्वारा२०८३ बैशाख ९ गते (अप्रिल २२) को दिन ब्यूरो कार्यालय बनेपामा १५७ औ लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवस कार्यक्रम सम्पन्न भयो । ब्यूरो सचिव विकासको अध्यक्षता र जीवनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा पार्टी स्थायी समिति सदस्य कमरेड एस. टी.ले माक्र्सवादमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा महान लेनिनले विकास गरी रुसमा सर्वप्रथम प्रयोग गरी सन १९१७ अक्टोबर क्रान्तिद्वारा समाजवादी क्रान्ति सम्पन्न गराउन सफल हुनु भएको बारे चर्चा गर्नु भयो । नेपालमा १९०४९ अप्रिल २२ तारिखका दिन भारतको कलकत्तामा पुष्पलालको नेतृत्वमा नर बहादुर कर्मचार्य,निरञ्जन गोविन्द वैद्य, र नारायण विलास जोशी चार जाना ले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो । सशस्त्र बिद्रोहद्वारा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो।बिभिन्न उतार चढावबीच नेपालमा कम्युनिष्ट पार्टी अगि बढ्दैछ, नेपालमा कम्युनिष्टको नाममा संशोधनवादी धनबादी,संसदवादीको भ्रम छिचल्दै मार्कसवादलेनिनवाद(माओवादको आलोकमा जनसंघर्ष, जनप्रतिरोध संघर्ष र नेपालको सापेक्षतामा सशस्त्र जनविद्रोहबाट नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरी वैज्ञानिक समाजवाद निर्माण गर्ने उद्देश्य र लक्ष्य लिई कमरेड किरणको नेतृत्वमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल हाल महासचिव कमरेड गौरवको नेतृत्वमा एक जुझारु कम्युनिष्ट पार्टी बनाई नेपाली क्रान्तिलाई अगाडि बढाउने जमर्को गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गरैको भन्दै प्रकाश पार्नु भयो।नेपालमा साम्राज्यवादले जतिसुकै कुचाल रचेपनि जब सम्म वर्ग रहन्छ तब सम्म क्रान्ति सम्भव छ भन्नुभयो।उक्त कार्यक्रममा पिबीएम निखिलेश र सिसिएम गोविन्दले सम्बोधन गर्नु भएको थियो।


