प्रधानमन्त्रीले गरे स्तरउन्नतिका लागि सडक शिलान्यास

चैत्र ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू निर्वाचित जिल्ला गोरखामा सडक शिलान्यास गरेका छन् । गत निर्वाचनमा प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट संघीय संसदका लागि निर्वाचित भएका थिए । गोरखा क्षेत्र नं. २ मा पर्ने पन्थहिटी, कटहरेहर्मी र लमजुङको साहिलाटार जोड्ने सडक स्तरउन्नतिका लागि शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा पूर्व माओवादीका प्रमुख नेता बाबुराम भट्टराई, उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति रहेको थियो । ३० महिनामा सक्ने गरी गरिएको ठेक्कामा भारतीय एक्जिम बैंकसँगको साझेदारीमा ८० करोड लगानीमा गर्न लागिएको हो । यो सडक बुड हिल लामा जेभी महाराजगन्ज नामक निर्माण कम्पनीले गर्न लागेको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित